बालबिबाह विरुद्ध साझा अभियानका पदाअधिकारीहरुलाई तालिम
बालबिबाह विरुद्ध साझा अभियानका पदाअधिकारीहरुलाई तालिम
रुकुम पश्चिम । रुकुम पश्चिममा बालबिबाह विरुद्ध साझा अभियान जिल्ला सञ्जालका पदाअधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । बालबिबाह विरुद्ध साझा अभियान जिल्ला सञ्जालको आयोजनामा जिल्ला समन्वय समितिको हलमा तालिम दुई दिने तालिम दिइएको हो ।
तालिममा अभियान जिल्ला सञ्जालका पदाअधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले बाल अधिकार र कानुनमा बालबिबाहको बारेमा भए गरेको व्यवस्थाको बारेमा जानकारी दिइएको अभियान जिल्ला संजाल अध्यक्ष गोकर्ण खड्काले जानकारी दिए ।
सोमबार र मंगलबार संचालन भएको तालिममा अधिबक्ता गणेश हमाल र मुसीकोट नगरपालिकाका कानुन अधिकृत ललित बुढाले सहभागिहरुलाई क्षमता अभिवृद्धि सम्वन्धि तालिम दिएका थिए ।।