पहिरोको कारण विद्युतको पोल बगायो, रुकुम पूर्वका २५ सय ग्राहक अध्यारोमा
पहिरोको कारण विद्युतको पोल बगायो, रुकुम पूर्वका २५ सय ग्राहक अध्यारोमा
रुकुम । मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रानिकोटमा खसेको ठुलो पहिरोको कारण विद्युतको पोल ढल्दा नेपाल विद्युत प्राधिकरणका २५ सय ग्राहक विद्युत सेवाबाट बन्चित भएका छन् । रानिकोट पहिरोको कारण रुकुम पश्चिमको धैरेनीचौर सवस्टेसनबाट रुकुम पूर्वमा गएको ११ केभिए केन्द्रिय प्रशारण लाईनमा पर्ने चार वटा पोल ढलेका हुन् ।
‘पहिरो खसेको ठाउँमा सडक खुले पछि तत्काल बिद्युत सेवा सुचारु हुन्छ, म लगायत हाम्रो टोलि रानिकोटमै छौ, सडक नखुलेका कारण र पानी परेपछि लगातार पहिरो खसिरहने भएकाले विद्युत सेवा सुचारु गर्न हामिलाई समस्या भएको छ, सडक खुलेसंगै विद्युत सेवा पनि सुचारु हुन्छ’, नेपाल विद्युत प्राधिरकण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले भने ।
अहिले जिल्लाका तिन वटै पालिकामा रहेका प्राविकरणको लाइन जोडेका ग्राहकहरु अध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत प्राधिकरणले सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा नेपाल विद्युत प्राविकरणको विद्युत सेवा विस्तारलाई तिव्रता दिएको छ ।
पहिरोको कारण पोल ढलेर चार दिन देखि विद्युत सेवा अवरुद्ध हुदा सरकारी कार्यालयहरुमा काम गर्न समस्या भएको छ । त्यस्तै विद्युत नभएको कारण जनजिवन प्रभावित भएको छ । मोवाइल चार्ज गर्न लगायत अन्य काम गर्न समस्या भएको छ ।।