भेरी करिडोरको तल्लुबगरमा निर्माण भएको ‘बेलिब्रिज’ उद्घाटन

भेरी करिडोरको तल्लुबगरमा निर्माण भएको ‘बेलिब्रिज’ उद्घाटन

"1" Comments

रुकुम पश्चिम  । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको ‘बेलिब्रिज’ उद्घाटन गरिएको छ । आज पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले पुल उद्घाटन गरे ।

प्रतिनिधि सभा सदस्य शर्माले रिवन काटेर पुलको उद्घाटन गरेका हुन् । तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । ‘बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको आठविकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । करिडोर अन्तर्गत तल्लुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको हो ।

‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले जानकारी दिनुभयो । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो ।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाखमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएकोे थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले बताए ।

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको ‘बेलिब्रिज’ यसअघि निर्माण भइसकेको छ । रुपगार्ड खोलाको ‘बेलिब्रिज’को काम सुरु भइसकेको छ । रुपगार्डको ‘बेलिब्रिज’ निर्माण भएपछि भेरी करिडोर अन्तर्गत पाँच वटा खोलाका पुल बन्नेछन् । अझै सानातिना खोलामा गरेर आठ वटा खोलामा पुल बन्न बाँकी छ ।

पुल उद्घाटन कार्यक्रममा आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी, नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत, आठविसकोट नगरपालिकाका पूर्व प्रमुख गोर्खबहादुर केसी, प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्त, शुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।।


One thought on “भेरी करिडोरको तल्लुबगरमा निर्माण भएको ‘बेलिब्रिज’ उद्घाटन

  1. I’m extremely impressed with your writing abilities as smartly as with the structure in your weblog. Is that this a paid subject matter or did you customize it yourself? Anyway stay up the excellent quality writing, it is rare to peer a nice blog like this one today!

Leave a Reply

Your email address will not be published. Required fields are marked *