सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति पछि उठाइयो

सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति पछि उठाइयो

"1" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका जयबहादुर गिरीको शब उठाइएको छ । गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भए पछि शब उठेको हो ।

आज दिनभरको सहमतिपछि बिहानैबाट बन्द भएको राप्ती राजमार्ग सुचारु भएको छ । आज (मंगलबार) बिहान दाङबाट रुकुम पश्चिमको मुसिकाेट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खाराका ४० वर्षिय जयबहादुर गिरीको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले राप्ती राजमार्ग अन्तर्गतको उक्त सडक बन्द गर्नुका साथै आन्दोलन गरेका थिए । उनीहरुले ट्रक र सिम्रुतु बजारमा रहेको प्रहरी चेक पोष्टमा समेत तोडफोड गरेका थिए । उनीहरुले उचित क्षतिपूर्तिको माग राख्दै शव समेत उठाउन दिएका थिएनन् ।

दाङबाट ट्रक मालिक र ट्रक व्यवसायी समितिका प्रतिनिधीहरु आएपछि पीडितपक्षहरु बिच छलफल गरिएको र सहमति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार मृतकका परिवारलाई कानून बमोजिम उपलब्ध हुने बिमा रकम र क्षतिग्रष्त मोटरसाईकलको क्षतीपूर्ति दिने सहमति भएको हो ।

सहमतिपछि अहिले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा  लगिएको प्रहरीले जनाएको छ । राप्ती राजमार्ग अन्तरगत झुल्नेटा, बैरागीठाटी सडक अबरुद्ध भए पछि यात्रुबाहक सवारी साधन नुवाकोटडाडा हुँदै बैरागीठाटी हुहै चलेका थिए ।

ब्रेकफेल भएको ट्रकले अन्य मोटरसाइकल र केही पसलको सामानमा समेत क्षति पुर्याएको थियो ।


One thought on “सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति पछि उठाइयो

  1. Thương hiệu 888SLOT khẳng định vị thế dẫn đầu thông qua việc cung cấp các sảnh Casino trực tuyến đạt tiêu chuẩn quốc tế. Tại đây, quý khách có thể trải nghiệm các tựa game kinh điển như Baccarat hay Roulette với dàn Dealer chuyên nghiệp, mang lại cảm giác chân thực như đang hiện diện tại các sòng bạc lớn. TONY01-29O

Leave a Reply

Your email address will not be published. Required fields are marked *