सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति पछि उठाइयो

सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति पछि उठाइयो

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका जयबहादुर गिरीको शब उठाइएको छ । गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भए पछि शब उठेको हो ।

आज दिनभरको सहमतिपछि बिहानैबाट बन्द भएको राप्ती राजमार्ग सुचारु भएको छ । आज (मंगलबार) बिहान दाङबाट रुकुम पश्चिमको मुसिकाेट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खाराका ४० वर्षिय जयबहादुर गिरीको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले राप्ती राजमार्ग अन्तर्गतको उक्त सडक बन्द गर्नुका साथै आन्दोलन गरेका थिए । उनीहरुले ट्रक र सिम्रुतु बजारमा रहेको प्रहरी चेक पोष्टमा समेत तोडफोड गरेका थिए । उनीहरुले उचित क्षतिपूर्तिको माग राख्दै शव समेत उठाउन दिएका थिएनन् ।

दाङबाट ट्रक मालिक र ट्रक व्यवसायी समितिका प्रतिनिधीहरु आएपछि पीडितपक्षहरु बिच छलफल गरिएको र सहमति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार मृतकका परिवारलाई कानून बमोजिम उपलब्ध हुने बिमा रकम र क्षतिग्रष्त मोटरसाईकलको क्षतीपूर्ति दिने सहमति भएको हो ।

सहमतिपछि अहिले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा  लगिएको प्रहरीले जनाएको छ । राप्ती राजमार्ग अन्तरगत झुल्नेटा, बैरागीठाटी सडक अबरुद्ध भए पछि यात्रुबाहक सवारी साधन नुवाकोटडाडा हुँदै बैरागीठाटी हुहै चलेका थिए ।

ब्रेकफेल भएको ट्रकले अन्य मोटरसाइकल र केही पसलको सामानमा समेत क्षति पुर्याएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *