रुकुम पश्चिममा वन डढेलो नियन्त्रण सम्वन्धि संयुक्त अभ्यास
रुकुम पश्चिममा वन डढेलो नियन्त्रण सम्वन्धि संयुक्त अभ्यास
रुकुम पश्चिम । रुकुम पश्चिममा वन डढेलो नियन्त्रण संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन सुरक्षा समन्वय समितिको आयोजना तथा डिभिजन वन कार्यालय रुकुम (पश्चिम)को समन्वयमा वन डढेलो नियन्त्रण संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
अभ्यास कार्यक्रममा चण्डिदल गण, सशस्त्र प्रहरी बल नेपाल ४७ नं. गुल्म, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम), मुसिकोट नगर प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारी समेत गरी जम्मा ७० जनाको सहभागिता रहेको थियो । वन डढेलो नियन्त्रण सम्बन्धमा सैद्धान्तिक कक्षा र भाडगारे संगम सामुदायिक वन उपभोक्ता समुहमा स्थलगत अभ्यास पनि गरिएको डिभिजन बन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिए ।
हिउँद लागेसंगै रुकुम पश्चिममा वनमा डढेलोको घटना हुने गर्छन । प्रत्यक बर्ष जिल्लामा वनमा आगो लगाउने घटनामा वृद्धि हुदै आएको छ । हिउँदे बर्षा नहुनु, समुदायमा सचेतनाको कमि, नयाँ घास पलाउने भन्ने विस्वासले जंगलमा आगो लगाउने गरेको कार्यालय प्रमुख परियारको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो ।।

Theo trải nghiệm của mình thì sportzfy download hoạt động tốt ngay cả mạng yếu. TONY09-18