राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमण

राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमण

"0" Comments

रुकुम । राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले आठविसकोट नगरपालिका –१२ का बाढी पहिरो प्रभावित परिवारहरुसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरेका छन् ।

सोमबार आठविसकोट नगरपालिकाको झिन्चौरस्थित बगरबस्तीमा पुगेर उहाँले बाढी पहिरोले क्षति गरेको स्थानको निरीक्षण गरेर प्रभावित परिवारहरुसँग भेटघाट गरेका हुन् । रोकायले बाढी पहिरोको कारण मृत्यु भएका व्यक्तिका परिवार, बिस्थापित भएका र घाईते भएका व्यक्तिहरुलाई भेटेर तत्कालको आवश्यकता बारेमा छलफल समेत गरेका थिए ।

उनले प्रभावितस्थलबाटै गृहमन्त्री रमेश लेखकलाई सम्पर्क गरेर प्रभावित परिवारहरुको अवस्था र आवश्यकता बारेमा जानकारी गराउनुभएको नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्काले जानकारी दिए । बाढी पहिरोबाट बिस्थापित भएका व्यक्तिहरुले आश्रय लिएको सेल्टरमा पुगेर उहाँले भोगिरहेका समस्याहरुको जानकारी समेत लिएको कोषाध्यक्ष खड्काले बताए ।

प्रभावित परिवारहरुसँगको छलफलमा रोकायले तत्कालै सरकारको ध्यानाकर्षण गराएर आवश्यक राहतको लागि पहल गर्ने प्रतिबद्धता समेत गरे । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य रोकायले आठविसकोट नगरपालिका उप–प्रमुख, वडा अध्यक्ष लगायतको टोलीसँग बाढी पहिरोेले गरेको क्षतीको विवरण र भएको प्रगती बारेमा समेत जानकारी लिए ।

उनले प्रभावित परिवारहरुलाई तत्काल राहत सामाग्रीहरुको आावश्यकताका लागि नगरपालिका, रेडक्रस लगायतका निकायले सहकार्य गर्न आवश्यक रहेको समेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *