जाजरकोटका एमाले नेताहरु काठमाडौं केन्द्रित भएको कार्यक्रताको आरोप
जाजरकोटका एमाले नेताहरु काठमाडौं केन्द्रित भएको कार्यक्रताको आरोप
जाजरकोट । नेकपा एमाले जाजरकोटका नेताहरु काठमाडौं केन्द्रित भएको गुनासो बढ्दै गएको छ । दल प्रतिपक्षमा भएको बेला जिल्लामै बस्ने नेताहरु आफ्नो दल सरकारमा पुग्दा केन्द्रिय नेताहरुलाई भेट्ने निहुमा काठमाडौं केन्द्रित हुने गरेको गुनासो कार्यक्रतामा बढेको हो ।
एमाले सरकारमा रहेको बेला जाजरकोटका एमालेका नेताहरु माथिल्लो स्तरका नेताहरुलाई भेट्ने भन्दै काठमाडौं केन्द्रित भएका छन् । जिल्ला अधिवेशन सकाएसंगै एमाले जाजरकोटका नेतृत्व गाउँ गाउँ पुगेका थिए । पार्टीको पालिका, वडा अधिवेशन सम्पन्न भए पछि भने एमाले नेताहरु राजधानी केन्द्रीत भएको एमाले जाजरकोटका एक नेताले गुनासो गरे ।
पाटी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भए संगै बधाई दिन काठमाण्डौ पुगेका नेता जाजरकोट फकिएका छैनन् । पार्टीको जिल्ला सचिवालय समेत गठन गर्न नसकेको एमाले यतिबेला राजधानी केन्द्रीत भएको एमालेका कार्यक्रताहरुको आरोप छ । पार्टी जिल्ला कमिटिका नेतृत्व सम्पूर्ण पदाधिकारी केन्द्रिय नेताहरुको घरदैलो केन्द्रीत भएसंगै पार्टीका तल्लो तहका कमिटिहरु निश्कृय भएका छन् ।
नयाँ पार्टी सदस्यता, नविकरण जस्ता महत्वपूर्ण कामलाई ध्यान नदिई नेताहरु काठमाडौं गएको आरोप छ । संघिय सरकार र प्रदेश सरकार एमालेको बने संगै जिल्लाका नेतृत्वहरु राजधानी केन्द्रीत भएका हुन् । अधिवेशन भएको ४ महिना बित्दा समेत कार्यालय व्यवस्थापन, कर्मचारी जस्ता बिषयमा टुगो लगाउन सकेको छैन् ।
सचिवालय गठन प्रक्रियामा विवाद भएसंगै एमाले जाजरकोटका नेता दुई धारमा बाढिएका थिए । विधान अनुसार ७५ सदस्य मध्य १९ जना सचिवालय सदस्यको दावी एक पक्षको थियो । अध्यक्ष नरेन्द्र कुमार शाहले १५ सदस्य सचिवालय हुनु पर्ने अडान राखेका थिए । सचिवालय गठनमा भएको विवाद प्रदेश सम्म पुगेको थियो । प्रदेश कमिटीमा प्रवेश पाएको उक्त बिषय भने यति बेला सेलाएको छ ।