चौरजहारीमा द्धन्द्ध संवेदनशिल पत्रकारीता तालिम सुरु
चौरजहारीमा द्धन्द्ध संवेदनशिल पत्रकारीता तालिम सुरु
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा द्धन्द्ध संवेदनशिल पत्रकारीता सम्वन्धि तालिम सुरु भएको छ । मिडिया एक्सन नेपालको आयोजनामा दुई दिने तालिम सुरु भएको हो ।
तालिममा रुकुम पश्चिम, सल्यान, जाजरकोट र डोल्पाका पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा द्धन्द्ध संवेदनशिल पत्रकारीताको परिभाषा, प्रकृति, सिद्धान्त र सुचकको विषयमा सिकाइने छ । त्यस्तै द्धन्द्ध पत्रकारीताको सुचना तथा सम्प्रेसन, समाचार लेखन, संवेदनशिलता, समाचार कक्ष र मिडिया साक्षरता र पत्रकार आचारसंहिताको विषयमा सिकाईने मिडिया एक्सन कर्णाली प्रदेश संयोजक ललित बुढाले जानकारी दिए ।
तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र अन्नपुर्ण एक्प्रेस दैनिकका सम्पादक कमलदेव भट्राईले प्रशिक्षण दिइरहेका छन् । तालिममा चार जिल्लाका २० जना पत्रकारहरुको सहभागिता रहेको छ । दैलेख र सुर्खेतका पत्रकारहरुको तालिम सकायको मिडिया एक्सन नेपालले आज देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चार जिल्लाका पत्रकारहरुको लागि तालिम संचालन गरेका हो ।
यो तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाका पत्रकारहरुलाई समेट्ने मिडिया एक्सन नेपालले जानकारी दिएको छ । चौरजहारी नगरपालिकामा तालिम सम्पन्न पछि जुम्लामा पनि तालिम संचालन हुने छ ।।