द्धन्द्ध संवेदनशील पत्रकारिताको लागि चौरजहारी घोषणापत्र निर्माण

द्धन्द्ध संवेदनशील पत्रकारिताको लागि चौरजहारी घोषणापत्र निर्माण

"0" Comments

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा भएको द्धन्द्ध संवेदनशीत पत्रकारिता आवासीय कार्यशाला प्रशिक्षण चौरजहारी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मिडिया एक्सन नेपालद्धारा आयोजित द्धन्द्ध संवेदनशीत पत्रकारिता आवासीय कार्यशाला प्रशिक्षणमा सहभागिहरुले चौरजहारी घोषणापत्र जारी गरेका हुन् ।

द्धन्द्ध संवेदनशीत पत्रकारिता आवासीय कार्यशाला प्रशिक्षणमा रुकुम पश्चिम, सल्यान, जाजरकोटका २० जना पत्रकारहरुको सहभागिता रहेको मिडिया एक्सन नेपालका कर्णाली प्रदेश संयोजक ललित बुढाले जानकारी दिए । विहिबार देखि सुरु भएको तालिम घोषणापत्र जारी गर्दै सकिएको उनको भनाई छ ।

घोषणपत्रमा कर्णाली प्रदेशमा देखा पर्ने विभिन्न खाद्यन्न संकटलाई एकमुस्ट खाद्य संकट नभनी संकट परेको खाद्यको प्रकार छुट्याएर समाचार लेख्ने, छाउपडीसँगै अन्य पुराना रुढीबाढी प्रथाहरुको बारेमा समाचार लेख्दा त्यसलाई निकासको बाटो दिएर समाचार सम्प्रेसन गर्ने कुरा समेटिएको छ ।

द्धन्द्धरत घटनाको बारेमा समाचार लेख्दा दुवै पक्षको मनोभाव र तथ्यलाई बुझेर समाचार लेख्ने, मिडियामा कतैबाट प्रयोजित ढंगले आएको समाचार, आलेख, विचार तथा विज्ञापनलाई गम्भीरपुर्वक ढंगले चेकजाँच गरेर मात्रै प्रकाशन गर्ने, वालवालिका तथा जेष्ठ नागरिकहरुको बारेमा समाचार लेख्दा वालअधिकार तथा जेष्ठ नागरिकको सम्मान र मानवअधिकारलाई आत्मसाथ गरेर मात्रै समाचार सामाग्री प्रकाशन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै विगतमा भएका युद्ध तथा क्रान्तिका घटनाहरुमा पीडितलाई झन पीडा र पिडकलाई उन्मुक्ती भई द्धन्द्ध हुने खालका समाचार सम्प्रेशन नगर्ने, कुनैपनी विषयसँग सम्बन्धी नभई व्यक्तीले गरेका कमी कमजोरीहरुलाई संस्था वा समाजसँग जोडेर समाचार सम्प्रेषन नगर्ने,
परम्परागत रुपमा प्रयोग गरिएका जातिय, धार्मिक, वर्गीय भौगोलीक तुत्छ, निम्छरो तथा अपमानीत हुने भाषाहरु प्रयोग नगर्ने बताइएको छ ।

त्यस्तै भौगोलीक सिमा विवाद, राजनितीक विचारहरुमा पत्रकारले पक्ष विपक्षमा रहेर समाचार सामाग्री प्रकाशन नगर्ने पनि घोषणपत्रमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने तालिमबाट घोषणापत्र जारी गर्दै मिडिया एक्सनले बुदागत रुपमा छनोट गरेर घोषणपत्र जारी गर्ने मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

दुई दिन सम्म चलेको तालिममा द्धन्द्ध संवेदनशिल पत्रकारीताको परिभाषा, प्रकृति, सिद्धान्त र सुचकको विषयमा सिकाइएको थियो । त्यस्तै द्धन्द्ध पत्रकारीताको सुचना तथा सम्प्रेसन, समाचार लेखन, संवेदनशिलता, समाचार कक्ष र मिडिया साक्षरता र पत्रकार आचारसंहिताको विषयमा सिकाईएको मिडिया एक्सन कर्णाली प्रदेश संयोजक ललित बुढाले जानकारी दिए ।

तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र अन्नपुर्ण एक्प्रेस दैनिकका सम्पादक कमलदेव भट्राईले प्रशिक्षण दिएका छन् ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *