मेलगैरी हत्याकाण्ड भएको ठाउँमा पुगे माओवादी केन्द्रका नेता

मेलगैरी हत्याकाण्ड भएको ठाउँमा पुगे माओवादी केन्द्रका नेता

"0" Comments

रुकुम पश्चिम । आज मैलगैरी हत्याकाण्ड भएको स्थानमा नेकपा माओवादी केन्द्रका नेताहरु पुगेर सहादत प्राप्त गरेका ६ जना सहिदहरुलाई सम्झँदै श्रदानजली अर्पण गरेका छन् । जिल्ला इञ्चार्ज बसन्त शर्मा, सहिद परिवार समाजका जिल्ला अध्यक्ष देविवाल गातैम, केन्द्रिय निर्वाचन आयोग सदस्य धर्मबहादुर केसी र कलबहादुर नाथ, मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का लगायत नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

फोटोमा माल्यापर्न गर्दै सहिदहरु प्रति श्रदानजली अर्पण गरेको माओवादी केन्द्र बाँफिकोट गाउँपालिका सचिव तुल देवकोटाले जानकारी दिए । पाटीका जिल्ला इञ्चार्ज बसन्त शर्माले राज्य पक्षबाट भएको हत्याको निन्दा गरे । निर्दोष व्यक्तिको हत्या भएको यत्रो बर्ष हुदा पनि कार्वाही गर्न तर्फ सरकार लाचार भएको उनको भनाई थियो ।

मेलगैरी हत्याकाण्ड भएको आज २९ वर्ष पुरा भएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औँ दिनपछि रुकुमको मेलगैरीमा ६ जनाको राज्य पक्षबाट हत्या भएको थियो ।

मेलगैरी स्थित एउटै घरमा जम्मा भएर बसेका २५ वर्षीय कलबहादुर खत्री, २४ वर्षीय पशुपति खत्री, २५ वर्षीय लालबहादुर खत्री, २५ वर्षीय मनबहादुर खत्री, २५ वर्षीय दलबहादुर खत्री र १५ वर्षीय खडक केसी मारिएका थिए ।

मेलगैरीको एउटा घरमा बसिरहेका ६ जना सर्वसाधारणलाई बाँफिकोट गाविसबाट गएको प्रहरी टोलीले ६ जनाको एउटै चिहान बनाएको थियो । स्थानीय सेतु जैसीको घर घेरा हालेका प्रहरीले सबैलाई पालैपालो हत्या गरेको थियो । सोही वर्षको फागुन १३ गते नेपाली काँग्रेस समर्थक नरजीत बस्नेतको हात काटिएको विषयलाई लिएर इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी मेलगैरी पुगेको थियो ।

घटना लगत्तै राष्ट्रिय मानव अधिकार आयोगले घटनाको छानबिन गरेको थियो । केन्द्रबाट आएको छानबिन टोलीले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर प्रतिवेदन उपर सरकारले कुनै कारबाही गरेको छैन । ६ जनालाई हत्या गरेपछि अरू केही स्थानीयलाई प्रहरीले पक्राउ गरी हिरासतमा पनि लिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *