रुकुमेली क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
रुकुमेली क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
रुकुम पश्चिम । मुसिकोटस्थित रुकुमेली क्याम्पसमा २०८१ चैत्र ५ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचन आगामी २०८१ चैत्र २० गतेसम्मका लागि सारिएको जानकारी गराएको छ ।
निर्वाचन अधिकृत शिवराम खत्रीद्वारा जारी सूचनामा तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नसकिने भएकाले नयाँ मिति तय गरिएको उल्लेख छ । निर्वाचन स्थगित गर्नुका कारण भने खुलाइएको छैन । निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूबीच विभिन्न प्रतिक्रिया देखिएका छन् ।
कतिपयले यो निर्णयलाई आवश्यक भनेका छन् भने केही विद्यार्थीहरूले निर्वाचन तोकिएको मितिमै गरिनुपर्ने माग गरेका छन्। क्याम्पस प्रशासनले भने विद्यार्थीहरूलाई संयमित रहन आग्रह गरेको छ। निर्वाचनसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ ।

Mình thấy slot365 link phù hợp cho cả người mới lẫn người chơi lâu năm. TONY07-08