कभर्ड हल नहुदाँ धुलाम्य मैदानमै भलिबल खेलको रौनक
कभर्ड हल नहुदाँ धुलाम्य मैदानमै भलिबल खेलको रौनक

रुकुम पश्चिम । खलंगा स्थित बराहटाकुरा मैदानमामा गत जेठ १८ गतेदेखी ‘तेस्रो रुकुम कप भलिबल प्रतियोगिता’ चलिरहेको छ । भोली सोमबारसम्म संचालन हुने यो प्रतियोगितमा सहभागी खेलाडीहरु धुलाम्मे मैदानमा खेल खेल्न बाध्य भएका छन् ।
जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ बराहटाकुरा मैदानमा चलिहरेको खेल प्रतियोगिता मैदानमा रहेको धुलोलाई प्रवाह नगरी खेलाडीहरु खेल खेल्न जुटेका छन् । भलिबल कबर्ड हलमा खेलिने ईन्डोर गेम भएपनि यसप्रकार संरचना नहुदाँ बाहिरै खेलाउनुका् विकल्प नभएको प्रतियोगिताका आयोजक तेजविक्रम बुढाले बताए ।
‘यो त सफा र सुरक्षित हलमा खेलिने खेल हो । तर रुकुम पश्चिममा मात्रै होईन कर्णाली प्रदेशमा नै यसप्रकारको कवर्ड हल छैन । यसकारण बाहिरै खेलाईरहेका छौ ।’ उनले भने ‘यसरी खुला मैदानमा खेल प्रतियोगिता गर्दा खेलाडीको सुरक्षा र खेलको गुणस्तर दुबै कुरामा असर परिरहेको छ । तर हामीसंग यसका बिकल्प नै छैन ।’
यस्तो धुलाम्मे मैदानमा खेल खेल्दा आफुहरुलाई निकै गाह्रो हुने गरेको खेलाडी विश्वास अधिकारीले बताए । ‘खेल हेर्नेलाई रमाईलो हो । तर यस्तो धुलैधुलो मैदानमा खेल्दा मजा नै आउदैन । जीउ पुरै धुलाम्मे हुन्छ । खेल सकिदाँसम्म नाक–मुखमा धुलो पसेर त पुरा विरामी जस्तो भईन्छ ।’ उनले भने ‘अघि आयोजकले मैदानमा पानी त हाल्नुभयो । तर एकैछिनमा सुक्यो ।’
खुला ठाउँ त्यो पनि धुलैधुलो खेल खेलाउन गाह्रो भएको रेफ्री दोर्ण चन्दले बताए । ‘एकातिर खेलाडी लडेर घाईते हुने जोखिम छ भने अर्कोतिर हावाले बल उडाउने अनि खेलको गुणस्तरमा पनि असर परिरहेको छ । साथै मौसम प्रतिकुल हुदाँ खेल नै स्थगित गर्नुपर्छ ।’
Monetize your audience with our high-converting offers—apply today! https://shorturl.fm/d02aR
Drive sales, collect commissions—join our affiliate team! https://shorturl.fm/2zmc5