पानीको मुहान भएको ठाउँमा सिमेन्टको संरचना, सुक्न थाले मुहान
पानीको मुहान भएको ठाउँमा सिमेन्टको संरचना, सुक्न थाले मुहान

रुकुम । रुकुम जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका वडा नम्वर १ खलङ्गा सहिदमैदानमा रहेका मुहानको पानीले कुनै समय खलङ्गाबासिलाई धानेको थियो । अहिले पनि सो ठाउँमा पानीका धारा रहेका छन् । तर धारामा पहिलाको जस्तो प्रशस्त पानी भने आउदैन । मुहान विस्तारै सुक्दै गएका छन् ।
मुहान संरक्षण गर्ने भन्दै मुहानमा सिमेन्ट र कंक्रिट प्रयोग गरिएको छ । मुहान भन्दा माथिको भागमा घुम्ती पसलहरु निर्माण भएका छन् । भने सडक आरसीसी ढलान गरिएको छ । यसरी मुहाननै अतिक्रमण गरेर निर्माण गरिएका संरचनाको कारण प्रत्यक वर्ष मुहानमा पानीको मात्रा घट्दै गएको स्थानीय गोविन्द केसीले बताए ।
“मुहानमा प्रशस्त पानी आउदैन । मुहान भन्दा माथि बनेका संरचनाको कारण मुहान प्रदुषित हुदै गएको छ ।”, केसीले भने । जिल्ला अदालत मुनी, पुष्पलालचोक, पातुखोला लगायत ठाउँमा पहिला पानीको मुहान भए पनि १० वर्ष यता त्यहाँको मुहानमा पानी देखिदैन । वर्षा सिजनमा केहि पानी आउने भए पनि हिउदमा पानी हुदैन ।
खलङ्गाकी निर्मला केसीले कुनै समय सहिदमैदानबाट पानी ल्याएर दैनिकि संचालन गरेको सम्झिन्छिन् । “ खलङ्गामा थोरै घरहरु थिए । सबै खलङ्गाका मानिस पानी भर्न सहिदमैदानमा रहेको मुहान सम्म पुग्ने गर्देथे” केसीले भनिन् । अहिले भने मुहान विस्तारै सुक्दै गएका छन् ।
“गाउँ–गाउँँबाट मानिसहरु वसाईसराई गरेर सदरमुकाम आउन थाले । वजारमा मानिसको चाप बढ्यो । मुहानलाई अतिक्रमण गरेर संरचनाहरु निर्माण भए ।” मनविर खत्रीले भने–अव भएका मुहान पनि सुक्दैछन । सदरमुकामको आसपासमा धेरै पानीका मुहान छन् । कुनै समय सदरमुकामवासीलाई धान्ने मुहानहरु पछिल्लो समय मानविय गतिविधिका कारण सुक्दै गएका छन् ।”
सदरमुकामकै मुलखोलामा रहेका मुहानमा सिमेन्ट प्रयोग गरेर धारा निर्माण गरिएको छ । टटेला, घिउखोला, शेरीगाउँ लगायत ठाउँमा रहेका मुहानमा पनि सिमेन्ट कंक्रिटबाट संरचना निर्माण गरिएको छ । कतै मुहानको माथिबाट सडक खनिएको छ त कतै मुहानमा वजारको ढल मिसिएको छ । टटेलाको मुहानमा रावलबाराको सडकबाट वगेर आएको ढल मिसिने गरेको स्थानीय रमेश खड्काले बताए ।
“कुनै समय खंलगा वजार आसपास कति धेरै पानीका मुहानहरु थिए । प्रत्यक बर्षको हिउँदको समयमा खलङ्गामा खानेपानीको अभाव हुन्छ । खलङ्गामा आपुर्ती हुने खानेपानी विभिन्न मुहानबाट अरवौको लगानी खर्च गरेर खानेपानी ल्याईएको छ । वजार आसपासमा रहेका मुहान संरक्षणमा कसैको चासो भने पुगेको छैन ।”, खड्काले भने । स्थानीयसरकारले पनि मुहान संरक्षणमा ध्यान दिनु पर्ने स्थानीयको भनाई छ ।
स्थानीय सरकारले बनाउने निति तथा कार्यक्रममा पनि खंलगा वजार आसपास रहेका पानीको मुहान सरक्षणको नाममा सिमेन्टको प्रयोग गरेर धारा निर्माण गरिरहेको छ । त्यहि मुहान वरपर निर्माण गरिने भौतिक संरचनामा भने नगरपालिकाले प्रत्यक वर्ष लाखौ रहक खर्च गर्ने गरेको छ ।।
As a Newbie, I am always browsing online for articles that can benefit me. Thank you
Very interesting points you have remarked, thankyou for posting. “It’s the soul’s duty to be loyal to its own desires. It must abandon itself to its master passion.” by Rebecca West.
I have been exploring for a little for any high quality articles or blog posts on this kind of house . Exploring in Yahoo I eventually stumbled upon this website. Reading this information So i?¦m satisfied to express that I’ve a very just right uncanny feeling I came upon just what I needed. I most no doubt will make certain to don?¦t fail to remember this site and provides it a glance regularly.
It is perfect time to make some plans for the future and it is time to be happy. I’ve read this post and if I could I wish to suggest you few interesting things or tips. Maybe you can write next articles referring to this article. I desire to read even more things about it!
Keep up the good piece of work, I read few blog posts on this internet site and I conceive that your blog is rattling interesting and has got sets of wonderful information.
Hello there, just became alert to your blog through Google, and found that it is truly informative. I am gonna watch out for brussels. I’ll be grateful if you continue this in future. Numerous people will be benefited from your writing. Cheers!