विकासको उज्यालो पर्खिरहेछ पूर्वको पेल्मा गाउँ
विकासको उज्यालो पर्खिरहेछ पूर्वको पेल्मा गाउँ

रुकुम पूर्व । पारी यामखारको भिर, वारी छ पेल्मा गाउँ । पुथा उत्तरगंगा गाउँपालिका–२ मा पर्ने पेल्मा कुनैबेला रुकुम पूर्व र डोल्पा सम्मका मान्छे बागलुङको बुर्तिबाङतर्फ जाने मुल बाटोमा पथ्र्यो । स्थानिय लालबहादुर विकका अनुसार टाढा-टाढाबाट मान्छेहरु पेल्ममा सुस्ताउन आउथे अनि ढोरपाटनतर्फ लाग्थे । तर समय बदलियो अनि बदलियो बाटो पनि । अहिले पेल्मा सुनसान छ ।
शिक्षा, स्वास्थ्य जस्ता विकासका आधारभुत सुविधाको अभाव बेहोरिरहेका पेल्माबासी वरीपरीका पहाडभन्दा अग्ला दुःख पालेर जीवन ब्यतित गरिरहेका छन् । स्थानिय जितन पुनले भने, ‘बिरामी पर्दा औषधी पाईन्न । बाहिरफेर उपचार गर्न जाने अवस्था छैन । खानलाउन कै दुःख छ । सबै भगुवान भरोसा चलेको छ ।’ पुनको यो प्रतिनिधीमुलक भनाई हो । वडा नं. २ का पेल्मा संगै यमखार, डिख्राबाङ, झार्लुङ, हिम, गुईबाङ, तिज्याङ, रल, हार्दिबाङ, जस्मुर, तमा र कायमडाँडा लगाएत बिभिन्न वस्तीका जनताहरु अनेकन अभावका बिचबाट जीवन बाचिरहेका छन् ।
ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने यो वडाका वासिन्दाहरुले पेट भर्नकै लागी गरिरहेको संघर्षको कथा सुनाउदै गुईबाङका बलमान बुढाले भने, ‘दुनियाँ–संसार कहाँबाट कहा पुग्यो हामी भने पेट भर्नकै लागी भिर–पहरा चहारिरहेका छौ । अरुलाई हेरेर त हामी वनमान्छे जस्तो लाग्छ ।’
हिमाली क्षेत्र भएकाले एक बाली मात्रै हुने यस भेगमा आलु र स्याउको निकै राम्रो उत्पादन हुने स्थानिय पुर्णिमाया विश्वकर्माले बताईन् । ‘आलु र स्याउ त जति पनि फल्छ । तर आफै खानु कति, अनि बेच्नु कहाँ लगेर ?’ विश्वकर्मा दःुखेसो गर्छिन्, ‘गाडी आउदैन । खच्चडमा बोकाएर लैजान महंगो पर्छ । यही फल्छ, यही कुहिन्छ ।’
डोल्पा र बागलुङको सिमानामा पर्ने पेल्मा सम्म सडक पुगेको छैन । सडक पुगेको स्थाल हुकाम र गरबाट यहाँसम्म पुग्न करिब १ दिन पैदाल यात्रा गर्नुपर्छ । स्थानिय पुर्ण कामीले घोडा–खच्चड नै यहाँको मुख्य साधन भएको बताए । घोडा–खच्चडबाट समान ढुवानी गर्दा महंगी पर्ने भन्दै उनले भने, ‘स्याउ संगै आलु, फापर र कोदो मात्रै यहाँ उत्पादन हुन्छ । बाँकी खाद्यान्न किनेर खानुपर्ने बाध्यता छ । रोजगार नहुदाँ आम्दनी पनि छैन । भोकै बस्न सकिदैन । ज्यान पाल्न नै मुस्किल भयो ।’
यहाँ स्याउ र आलुको व्यवसायिक उत्पादन गरेर यसको बजारिकरण गर्ने हो भने मात्रै पनि यहाँको जीवनस्तर सुधार आउने स्थानिय शिक्षक अभिमान ओली बताउछन् । बजार नहुदाँ आफुहरुले बर्षेणी उत्पादन घटाईरहेको स्थानिय किसान लालबहादुर विकको भनाई छ । उनि भन्छन् ‘हाम्रो उत्पादन बजारसम्म लैजान मुस्किल छ । अनि काम गर्ने मान्छे पनि घट्दै छन् । यसकारण आलु र स्याउको उत्पादन घट्दो छ ।’
गाउँमा आधारभुत विद्यालय छ । आठ कक्षाभन्दा माथी पढ्न घर छोडेर जानुपर्ने बाध्यता रहेको स्थानियहरु बताउछन् । त्यस्तै यहाँ एउटा आधारभुत स्वास्थ्य केन्द्र छ । एकजना अहेव र अनमी गरी २ जना स्वास्थ्यर्मी कार्यरत रहेको केन्द्रमा चाहिएका बेला औषधी नै पाउन पनि मस्किल हुन्छ । अहेव कुमारी झाक्रीले यहाँको जनस्वास्थ्यको अवस्था एकदम नाजुक रहेको बताईन् ।
खानपानमा लापरबाही गर्दा कुपोषनको मात्रा बढ्दो रहेको र स्वास्थ्य सुरक्षामा लापरवाही गर्ने गरेको उनको भनाई छ । आम्दनी नहुदाँ मान्छेहरु रोग पालेर बसिरहेको भन्दै उनले आफुहरुले सकेको सुविधा दिईरहेको भएपनी यत्तिले मात्रै नपुग्ने उनले बताईन् । बिभिन्न सरकारी सेवा दिने निकायहरु पनि यहाँसम्म बिरलै पुग्ने गरेको स्थानियको गुनासो छ । वडा कार्यालय सुरुदेखी नै कार्यालय सहायकका भरमा चलेको छ । सरकारी सुविधा लिनका लागी गाउँपालिका कार्यालय र जिल्ला सदरमुकामसम्म जान खर्चिलो हुने स्थानिय विरमान कामीले बताए ।
यस्ता बिभन्न अभावका बिचमा पनि पेल्माको सम्भावना भने धेरै रहेको जानकारहरु बताउन् । शिक्षक ओलीले यार्सागुम्बाको पकेट मानिने पुपाल यही वडाभित्र पर्ने बताउदै यसबाट यहाँका जनताले अभिकतम् लाभ लिनसक्ने सम्भावना देख्छन् । उनि भन्छन्, ‘पुपाल संगै यहाँको तातोपानी, दोगारी हिमाल र पान दह लगाएतका थुप्रै पर्यटकिय सम्भावना बाकेका ठाउँहरु छन् । विकास संग यो ठाउँलाई जोडेर व्यवसायिक पर्यटनका माध्यमबाट फाईदा लिन सकिन्छ ।’
ढोरपाटन शिकार आरक्ष क्षेत्रका दुईवटा शिकार ब्लगहरु फागुने र दुले पनि यही वडाभित्र पर्दछन् । यसकारण शिकारी पर्यटकको आवागमनलाई पनि पेल्मा संग जोड्न सकिने सम्भावना रहेको स्थानियको भनाई छ । अहिले हेलीकोप्टर मार्फत आईरहेका पर्यटकलाई ढोरपाटनबाट फागुने पास हुदै पेल्पा ओराल्न सकेमा यसले यहाँको पुरानो विरासत फर्काउन सक्ने सम्भावना देख्छन् स्थानिय दुधसिंह बुढा ‘हामीले थाहा पाउने बेलासम्म यही बाटो भएर दैनिक थुप्रै मान्छेहरु बागलुङतर्फ जान्थे । यहाँसम्म सडक पु¥याउन सकेमा यहाँबाट फागुने पास कटेर ढोरपाटनसम्म गजवको पदयात्रा गर्न सकिन्छ ।’
यहाँका जनमनका माग र आवश्यकताहरुको परिपुर्ती गर्दै सम्भावनाबाट फाईदा लिने र पेल्मा र यहाका अरु वस्तिलाई विकासको गतिमा लैजान आफहरुले सकेको प्रयास गरिरहेको वडा अध्यक्ष जसबहादुर सिर्पालीले बताए । ‘हामीले काार्यपालिका मार्फत यहाँको विकासका लागी अधितम् प्रयास गरिरहेका छौ । सडक यहाँको वासिन्दाको पहिलो आवश्यकता भएकाले हाम्रो पहिलो प्रथमिकतामा परेको छ । संगसंगै अरु पनि विकासका गतिविधी बढाउन लागिपरेका छौ ।’ उनले भने, ‘पेल्माको विकासका लागी स्थानिय संगै प्रदेश र संघ सरकारको पनि बिशेष ध्यान जान जरुरी छ । यहाँ ठुलो लगानी गर्न स्थानिय सरकारले सक्ने अवस्था छैन । यसकारका संघ सरकारको पनि ध्यान पुग्नुपर्छ ।’
Absolutely pent subject matter, thanks for information. “He who establishes his argument by noise and command shows that his reason is weak.” by Michel de Montaigne.
I couldn’t resist commenting
Some truly great info , Gladiola I noticed this.
good post.Never knew this, regards for letting me know.
It’s actually a great and helpful piece of information. I am glad that you shared this helpful information with us. Please keep us informed like this. Thanks for sharing.