नदि तथा खोलामा जथाभावि रकेन्ट लगाउदा मछा मारेर जिविको चालाउने पेसा धरापमा

नदि तथा खोलामा जथाभावि रकेन्ट लगाउदा मछा मारेर जिविको चालाउने पेसा धरापमा

"0" Comments

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ का मनजित कामी सधै जाल लगेर सानीभेरी नदीमा माछा मार्न जान्छन् । उनले सानीभेरी नदीमा माछा मार्न लागेको बर्षौ भैसकेको छ । सानो छदा आफ्नो बुवासंग नदिमा जाल खेल्न जादा माछा मार्न सिक्नुभएको कामीले अहिले पनि प्राय जसो नदीमा माछा मार्न जान्छन् ।

विगतका १० वर्ष अघि सम्म कामी नदीमा माछा मार्न जादा टन्नै माछा मारेर फकिन्थे । तर १० वर्ष पछि नदीमा माछा मर्नै छोडेका छन् । सानीभेरी लगायत अन्य नदि र खोलामा पाईने असला माछा कम हुदै गएका छन् । सवै भन्दा मिठो र स्वादिलो मानिने माछा हो असला माछा ! मनजित कामी मात्रै हाईन सानीभेरी नदिमा माछा मार्न जाने अन्य माझिँहरुले पनि असला माछा भेट्दैनन् ।

नदीमा विभिन्न किसिमका पासा थाप्ने, मसिनो जाल थाप्ने र जथाभावि करेन्ट लगाउनाले नदीमा असला माछा लोप हुदै गएको धनसिङ नेपालीको भनाई छ । ‘सानीभेरीमा असला माछा एकदमै कम छन् । असला माछा मात्रै हाईन अरु माछा पनि नदिमा छैनन् । पछिल्लो समय माछा मर्नै छाडेका छन् ।’ नेपालीले भने । नदीमा माछा लोप हुदै जानुमा सोलार र मोटरसाईकलको ब्याट्रि प्रयोग गरेर लगाउनु मुख्य कारण रहेको उनको भनाई छ ।

नदीमा माछा लोप हुदै गर्दा माछा मारेर जिविको चलाउदै आएका बादी समुदायलाई समस्या हुने गरेको छ । जाल वुनेर र माछा मारेर जिविका चलाउदै आएका बादी समुदायलाई माछा पार्ने पेसा नै विस्तापित हुने अवस्थामा छ ।

‘जालमा माछा नै पर्दैनन् । पासोमा कहिले कसो माछा पर्छन तर जालमा माछा पर्दैनन् । ’ उनले भने । पछिल्लो पटक प्रहरीको आँखा छलेर नदिमा धेरै मात्रामा केरेन्ट लगाउने गरेको स्थानीयको भनाई छ । करेन्टबाट नदिमा रहेका साना ठुलो माछा मर्ने भए पछि असला माछा लोप हुदै गएका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *