मेलामा देखिनै छाडे काठेपिङ
मेलामा देखिनै छाडे काठेपिङ

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ५ का टोपबहादुर खत्री जिल्लामा काठे पिङको मालिक भनेर चिनिनु हुन्छ । उहाँसंग कुनै समय १० वटा सम्म काठे पिङ हुन्थे । जिल्ला र जिल्ला बाहिरका सबै मेलामा उनले काठे पिङ लिने गर्छन । काठे पिङबाट राम्रै आम्दानी गर्दै आएका खत्रीले पछिल्लो वर्षहरुमा भने राम्रो आम्दानी गर्न सकेका छैनन् ।
गाउँ घरमा लाग्ने मेलामा विभिन्न ठाउँका व्यापारीहरुले फलामको पिङ ल्याउदा काठको पिङ चढ्नेको सख्या घट्दै गएको हो । मेलाहरुमा यति बेला काठका पिङ थोरै मात्रामा देखिन्छन् । काठका पिङ लोप हुदै गए पछि जिल्लाका काठे पिङ संचालन गरेर जिविकोपार्जन गर्नेहरुलाई समस्या भएको छ ।
“जिल्लाका सवै मेलाहरुमा पिङ लगेर एउटा काठे पिङबाट ५० हजार सम्म आम्दानी हुन्थ्यो । तर अहिले भने काठका पिङ चढ्नै छाडे । वर्षौ देखि काठेपिङ चलाएर चलेको जिवन अहिले धान्नै मुस्किल भएको छ ।” खत्रीले भने ।
कुनै समयमा एउटा मेलामा २५ वटा सम्म काठेपिङ देखिन्थे । अहिले मुस्किलले पनि ५ वटा पनि काठेपिङ हुदैनन् । अहिले पनि घिमाने, पोखरा र थर्पुमा गरेर ७ वटा काठे पिङ छन् । जिल्लाका सवै मेलामा ति पिङ लिदा पनि सोचे जस्तो आम्दानी नभएको पिङ संचालकहरुको गुनासो छ ।
घिमानेका केहि व्यक्तिहरुले करिव १८ वर्ष देखि मेलामा काठेपिङ लिएर जिविको चलाईरहेका छन् । उनीहरुले दशैं, तिहार पछि लाग्ने मेलाहरुमा काठे पिङ संचालन गर्ने गरेका छन् । पछिल्लो समय काठेपिङ चढ्नेहरुको संख्या घट्दै जादा पिङ संचालन व्यवसायबाट पलाएन हुने अवस्था आएको स्थानीय विष्णु शर्माले जानकारी दिए ।
डिग्रे मेला, कुनाखेत, नाथिगाड, आला, बेलटापु, साखको पापिनी लगायत जिल्लाका मुख्य मेला हुन् । यी मेलामा काठे पिङ संचालनबाट बार्षिक ३ लाख सम्म आम्दानी हुने गरेकोमा अहिले त्यो पेशा हराउदै गएको रिमबहादुर नाथले बताए । रिमबहादुरले पनि काठेपिङ संचालन गर्न लागेको पनि १५ वर्ष भयो । उन पनि काठे पिङ संचालन व्यवसायमा सन्तुष्टि छैनन् ।
“मेलामा फलामे पिङ आएका छन्, काठको पिङ भन्दा रमाईलो र सुरक्षित हुन्छ ।” जमुना पुनले भनिन्– हामिलाई त फलामकै पिङ चढ्न मन पर्छ ।” अहिलेका युवा युवती पनि काठेपिङ चढ्न रुचाउदैनन् । मौलिकता झल्किने काठे पिङ विस्तापित हुनु भनेको मेलामा देखिने पुरानो मौलिकता हराएको मान्न सकिने उनको भनाई छ ।
I am also writing to make you be aware of of the beneficial discovery my cousin’s daughter encountered going through your web site. She noticed plenty of pieces, with the inclusion of how it is like to possess an ideal giving spirit to let men and women effortlessly grasp specified extremely tough topics. You undoubtedly did more than our own expected results. Thank you for producing those powerful, healthy, edifying and in addition cool tips about the topic to Evelyn.
You are my aspiration, I have few blogs and rarely run out from brand :). “He who controls the past commands the future. He who commands the future conquers the past.” by George Orwell.
Very interesting topic, appreciate it for putting up. “We need not think alike to love alike.” by Francis David.
I like this web blog so much, saved to bookmarks. “I don’t care what is written about me so long as it isn’t true.” by Dorothy Parker.
Would you be enthusiastic about exchanging hyperlinks?
I truly enjoy reading through on this web site, it has fantastic articles. “Never fight an inanimate object.” by P. J. O’Rourke.
I like your writing style really loving this web site.