भेडापालन व्यवसायमा छैन नयाँ पुस्ताको आकर्षण

भेडापालन व्यवसायमा छैन नयाँ पुस्ताको आकर्षण

"7" Comments

रुकुम पश्चिम । रुकुम पूर्वको तकसेराका करबहादुर बुढा यतिबेला भेडा लिएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ को ठूलीदहमा पुगेका छन् । कात्तिक लागेसँगै पाटनबाट झरेका भेडा ठूलीदहमा छन् । करबहादुरसँगै तीन घर-परिवारले ठूलीदहमा भेडा ल्याएर बसेका हुन् ।

रुकुम पूर्वको पुथाउत्तरग‌गा गाउँपालिकाका धेरैको मुख्य पेशा भनेकै भडापालन ‍भएपनि यसमा नयाँ पुस्ताको आकर्षण घट्दो छ ।

करबहादुरले १५ वर्षको उमेरमा आफ्नो बाजेसँगै भेडा गोठालो जाने गरेको बताए । उनकाे बाजेपछि बुवाले भेडा पालेकाे र भेडाको बथान लिएर दाङ र सुर्खेतसम्म पनि झरेकाे अनुभव सुनाए । बाजे-बुवाले धानेको पेसा नै अहिले आफुहरुले कायम गिररहेकाे पनि बताए ।

करबहादुरका छोरा अहिले गाउँमा छैनन् । छोराहरुले बाजे र बुवाले गरेको पेसा छाड्दै गएका उनले बताए । आफू १५ वर्षको हुँदा बाजेसँग भेडा गोठालो गएको भए पनि छोराहरु आफूसँग कहिले गोठालो नगएका उनकाे भनाइ छ । ‘कुनै समय १५ सय भेडा हुन्थे । अहिले मुस्किलले चार सय छन्’ उनले भने।

युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यहाँको मगर समुदायको भेडापालन पेसा लोभ हुने हो कि भन्ने चिन्ता जेष्ठ नागरिकलाई छ । “हाम्रा बाजे, बाले सुर्खेत, दाङसम्म भेडा झर्थे । त्यहीबाट च्याङ्ग्रालाई नुन, चामल बोकाएर वैशाख, जेठमा फेरि पाटनतिर फर्किन्थे । अहिले हामीले मुस्किलले यहाँसम्म ल्याएर आएकाछौँ । छोरा कोही सहर त कोही विदेश गएका छन्”, उनले भने, “अबका युवाले हामीले धानेको यो पेशा छाड्दै गएका छन् ।”

तकसेराकी तेजमाया बुढा पनि भेडा लिएर ठूलीदह पुगेकी छिन्। उनलेका छोरा अमेरीका भएको बताउदैं आफुले सानै उमेरदेखी भेडा गोठालोमा पाटनमा रमाउन सिकेकाे उनले बताइन् । ‘कात्तिकमा ढोरपाटन पाटनमा रहेका भेडा रोल्पाको थवाङ हुँदै यहाँ ल्याएका हौं । सधैँ म भेडाको पछिपछि हिँड्छु । छोराछोरी भेडाको गोठालो गर्न मान्दैनन्’ उनले भनिन् ।

यसरी पालेका भेडाहरु बजारको भने समस्या हुने गरेको अर्का किसान दिलकर्ण बुढाले बताए । ‘भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ । त्यही सामग्री बेचेर आम्दानी गर्ने गरेका छौँ’, उनले भने, ‘कुनै समय तरसेराबाट १५-२० घर-परिवार भेडा लिएर यहाँसम्म पुग्ने गर्थ्यौं। अहिले भने तीन घर-परिवार मात्रै भेडा लिएर आएका छौं।’

अधिकांश पछिल्लो पुस्ता भने अध्ययन, राेजगार तथा अरु बिभिन्न बहानामा घरबाट देश-विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोभ हुने चिन्ता भेडापालक किसानको छ । युवाहरुले भेडा गोठालो गर्न नमान्ने भन्दै सकारले पनि भेडापाल्दै आएका आफुहरुलाइ प्राथमिकता नदिएको गुनासाे किसानहरुले गरेका छन् ।


7 thoughts on “भेडापालन व्यवसायमा छैन नयाँ पुस्ताको आकर्षण

  1. Hi there! I just wanted to ask if you ever have any trouble with hackers? My last blog (wordpress) was hacked and I ended up losing several weeks of hard work due to no data backup. Do you have any solutions to prevent hackers?

  2. I got what you intend, regards for putting up.Woh I am happy to find this website through google. “Being intelligent is not a felony, but most societies evaluate it as at least a misdemeanor.” by Lazarus Long.

  3. My spouse and I stumbled over here by a different web address and thought I may as well check things out. I like what I see so now i am following you. Look forward to checking out your web page repeatedly.

  4. Today, I went to the beachfront with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is entirely off topic but I had to tell someone!

Leave a Reply

Your email address will not be published. Required fields are marked *