एमालेका कान्छा जिल्ला अध्यक्ष बने रुकुम पूर्वका लिलामणी गौतम

एमालेका कान्छा जिल्ला अध्यक्ष बने रुकुम पूर्वका लिलामणी गौतम

"7" Comments

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वको शुक्रबार सम्पन्न ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका लिलामणी गौतम अहिलेसम्म भएका जिल्ला अध्यक्षहरुमध्ये सबैभन्दा कम उमेरमा अध्यक्ष हुने व्यक्ति भएका छन् । हालसम्म देशभरी सम्पन्न भएका जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षहरुमध्ये गौतम सबैभन्दा कम उमेरका अध्यक्ष भएको नेकपा एमालेका केन्द्रिय संगठन विभाग सचिव माधव ढुंगेलले पुष्टी गरेका छन् ।

वि.सं. २०४४ साल कार्तिक २ गते सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा जन्मिएका गौतम अहिले ३६ बर्षका भए । त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकास र जन प्रशासन गरेर दुईवटा बिषयमा स्नातकोत्तर गरेका उनले नेपाल ल क्याम्पसबाट कानुन बिषयमा स्नातक समेत गरेका छन् ।

वि.सं. २०६० सालमा एमालेको पार्टी सदस्यता लिएका गौतम विद्यार्थी संगठन हुदैं राजनीतिमा आएका हुन् । वि.सं. २०५६ सालमा अनेरास्ववियुको रुक्मिणी माध्यामिक विद्यालयको प्रारम्भिक कमिटीका सचिव भएर विद्यार्थी राजनीतिमा लागेका उनि २०५७ सालमा सोही विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष बने ।

यसपछी गौतम २०५८ सालमा अनेरास्ववियु रुकुम जिल्ला कमिटीको सदस्य, २०५९ सालमा जिल्ला कमिटी सचिव र २०६० सालमा जिल्ला अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रदर्शन गरेका थिए । २०६३ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र वहुमुखी क्याम्पस दाङबाट सदस्यमा निर्वाचित भएका उनी २०६२÷०६३ सालको जनआन्दोलनमा संयुक्त विद्यार्थी मोर्चाको घोराही संयोजक र सोही क्रममा गिरफतारिमा परेर २१ दिन प्रहरी हिरासतमा समेत बस्नुपरेको थियो ।

वि.सं. २०६३ देखी २०६७ सालसम्म अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यका साथै सचिवालय सदस्य तथा राप्ती अञ्चल ईन्चार्ज भएका गौतमसंग २०६८ देखी २०७३ सालसम्म नेकपा एमाले रुकुम-काठमाडौं सम्पर्क मञ्चमा रहेर समेत काम गरेको अनुभव छ ।

रुकुम जिल्ला पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भएपछी वि.सं. २०७४ सालमा नेकपा एमाले जिल्ला सदस्य भएर पार्टी राजनीतिमा होमिएका गौतम तत्कालिन समयमा एमाले र माओवादी केन्द्र बिच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रुकुम पूर्व जिल्ला कमिटी सदस्य समेत भए ।

यसपछी फेरी नेकपा विभाजन पश्चात गौतमले नेकपा एमाले रुकुम पूर्वको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाए । यो संगै उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा पनि रहे । एमालेको दशौं राष्ट्रिय महाधिवेनमा रुकुम पूर्वबाट खुल्ला क्षेत्रबाट प्रतिनिधी समेत भएका उनि पछिल्लोपल्ट सम्पन्न भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट युवाहरुको प्रतिनिधित्व गर्दै प्रदेश कमिटी सदस्यमा निविरोध निर्वाचित समेत भए ।

विद्यार्थीकालदेखी यहाँससम्म आईपुग्दा निरन्तर संगठिन भएर काम गरेको करिब २४ बर्षपछी रुकुम पूर्वको एमाले हाक्ने महत्वपुर्ण जिम्मेवारी गौतमको काधमा आईपुगेको छ । यसअघि उल्लेखित बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका अध्यक्ष गौतमसंग रुकुम पूर्वको भुगोल, भाषा, संस्कृती र यहाँका जनमनका माग र आवश्यकताबारे राम्रो ज्ञान छ । यस बिचमा बिभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर समेत काम गरेका अध्यक्ष गौतमले जनताका समस्यालाई आफ्नै ठानेर समाधानका लागी होमिएका कयौं उदाहरण छन् ।

नेकपा (एमाले)को जिल्ला अध्यक्षको जिम्मेवारीमा आएपछी अब उक्त कामले थप गति लिने भन्दै अध्यक्ष गौतमले आफु जनताको सेवामा थप डटेर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘यहाँका जनताका दुःख, अभाव, पिर अनि पिडाका बारेमा मलाई राम्रो संग ज्ञान छ । र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर पनि मलाई थाहा छ । यसकारण यो कामलाई म थप व्यवस्थित गरेर अघि बढ्छु ।’ उनले भने, ‘म जहाँ जुन जिम्मेवारीमा भएपनि अन्ततः जनसेवा नै मेरो लक्ष्य हो । यसकारण म यसैमा केन्द्रित हुनेछु ।’

रुकुम पूर्वमा भएका यसअघिका निर्वाचनमा एमालेको पक्षमा प्राप्त मतपरिणमलाई बढाएर जिल्लाको पहिलो पार्टी बनाउन पनि आफ्नो टिमले काम गर्ने प्रतिवद्धता गौतमको छ । उनि भन्छन्, ‘जिल्लाका तिन वटै पालिकामा बहुमत सहित सरकारको नेतृतत्वमा एमालेलाई पु¥याएर जिल्लाको पहिलो र सबैको आशा एवम् भरोसाको पार्टी बनाउन हामी लाग्नेछौं ।’


7 thoughts on “एमालेका कान्छा जिल्ला अध्यक्ष बने रुकुम पूर्वका लिलामणी गौतम

  1. I like what you guys are up also. Such smart work and reporting! Keep up the superb works guys I¦ve incorporated you guys to my blogroll. I think it’ll improve the value of my website 🙂

  2. Hi there! I could have sworn I’ve been to this website before but after checking through some of the post I realized it’s new to me. Nonetheless, I’m definitely happy I found it and I’ll be bookmarking and checking back often!

  3. Can I just say what a reduction to find someone who really is aware of what theyre speaking about on the internet. You positively know the way to bring an issue to light and make it important. Extra folks must learn this and perceive this aspect of the story. I cant imagine youre not more popular since you undoubtedly have the gift.

  4. You can definitely see your skills within the paintings you write. The arena hopes for more passionate writers such as you who are not afraid to say how they believe. Always go after your heart. “The only way most people recognize their limits is by trespassing on them.” by Tom Morris.

  5. Have you ever considered writing an e-book or guest authoring on other sites? I have a blog based upon on the same topics you discuss and would love to have you share some stories/information. I know my visitors would enjoy your work. If you’re even remotely interested, feel free to send me an e mail.

Leave a Reply

Your email address will not be published. Required fields are marked *