दैनिक २३ सय नेपाली रोजगारीको खोजीमा ९९ देश पुग्छन्

दैनिक २३ सय नेपाली रोजगारीको खोजीमा ९९ देश पुग्छन्

"3" Comments

काठमाडौ । दुई वर्ष यता दैनिक दुई हजार ३ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकमा छ। चालु आर्थिक वर्षको माघ महिनामा वैदेशिक रोजगारीमा ६२ हजारभन्दा बढी नेपाली बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ।

विभागले सार्वजनिक गरेको मासिक विवरणअनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि ९९ देश गएका छन्। माघमा बिदेसिने नेपालीको संख्या गत पुस महिनाको भन्दा तीन हजार ६ सय ६६ ले घटेको विभागको तथ्यांकमा छ।

विभागका अनुसार पुसमा ६५ हजार ८ सय १३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७१ हजार २ सय ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

यस्तै, कात्तिकमा ४३ हजार ६ सय २२, असोजमा ५६ हजार दुई सय ३५, भदौमा ५० हजार आठ सय ८४ र साउनमा ५५ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

चालु आर्थिक वर्षको सात महिनामा नयाँ श्रम स्वीकृति लिएर ४ लाख ५ हजार ५ सय ५२ जना नेपालीले वैदेशिक रोजगारीमा विभिन्न देश गएको विभागको तथ्यांकमा छ। गत वर्षको यही अवधिको तुलनामा ४३ हजार २ सय ७८ जना कम हो। गत वर्ष सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जनाको श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ।

चालु आर्थिक वर्षमा ५४ हजारभन्दा बढी महिला पनि वैदेशिक रोजगारीमा ७१ देश पुगेको विभागले जनाएको छ। पछिल्लो समय नेपाली महिला युरोपका देश, युएई, जापान, इजरायल र साइप्रस जाने गरेको विभागको तथ्यांकमा छ।

गत आर्थिक वर्षमा ७ लाख ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा विभिन्न देश गएको विभागले जनाएको छ। गत वर्षदेखि करिब दैनिक २ हजार ३ सय जना नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताएका छन्। उनका अनुसार नेपाली दैनिक ८९ देखि ९९ वटा देश रोजगारीमा जान श्रम स्वीकृति लिने गरेका छन्।

वैदेशिक रोजगारीमा अधिकांश नेपाली खाडीका देश र मलेसिया नै जाने गरेको उनले बताए। ‘चालु आर्थिक वर्षको साउनदेखि दैनिक करिब २ हजार २ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गइरहेको विभागको मासिक प्रतिवदेनमा उल्लेख छ। यो गत वर्षको तुलनामा कम हो। गत वर्षको तुलनामा आर्थिक मन्दीका कारण विदेशीनको संख्या घटेको हुनसक्छ।’ उनले भने।

पछिल्लो समयमा युरोपका देश रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा ३० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देश वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई पूर्वी एशिया, खाडी र युरोप गरी ३ क्षेत्र विभाजन गरेको छ। खाडी र मलेसियााको तुलनामा युरोप जाने कामदारको संख्या कम छ। जसका कारण सरकारले युरोपका देशमा कामदार पठाउन र प्रवर्द्धन गर्न चासो नै नदिएको म्यानपावर व्यवसायीले आरोप लगाउँदै आएका छन्।

नेपालबाट युरोपका देश, अप्रिकी मुलुक र क्यानडा व्यक्तिगत भिसामा नेपाली कामदार जाने गरेका छन्। गत आर्थिक वर्षदेखि म्यानपावरले युरोपका देश म्यानपावरले कामदार पठाउन थालेको विभागको तथ्यांकमा छ। गत वर्ष युरोप ४० हजारभन्दा बढी कामदार म्यानपावरले पठाएका थिए।

सरकारले नेपाली कामदारका लागि युरोपको रोजगारी राम्रो माध्यम हुने भनेर वार्षिक रूपमा योजना बनाइरहेको छ। तर, कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन्। सरकारले यति कामदार विदेशीए भन्दै अंक मात्र हेर्ने गरेको छ। वास्तविक समस्या के छ भनेर बेवास्ता गर्दै आएको उनको आरोप छ।

यस्तै, सरकारी तथ्यांकलाई आधार मान्ने हो भनेपनि मलेसिया र खाडीका ३ देशमै नेपालीको रोजगारी निर्भर रहेको वैदेशिक रोजगारविज्ञ पूर्णचन्द्र भट्टराईको बुझाइ छ। गत वर्षदेखि वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक डर लाग्दो हुँदै गएको उनले बताए। ‘दैनिक २३ सय नेपाली नागरिक रोजगारीका लागि विदेशिनु भनेको सामान्य विषय होइन। यसमा अध्ययन र अन्य काममा जानेको संख्या जोडिएको छैन। यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ।’ उनले भने।

वैदेशिक रोजगारीलाई सरकारले पैसासँग जोडेर हेर्ने गर्दा यो क्षेत्र समस्याग्रस्त भइरहको उनको आरोप छ। नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि उल्लेख्यरुपमा बढेको छ। यो वर्ष आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै भएको बैंकको तथ्यांकमा छ।

हिमाल प्रेस डटकमबाट..


3 thoughts on “दैनिक २३ सय नेपाली रोजगारीको खोजीमा ९९ देश पुग्छन्

  1. whoah this weblog is wonderful i love reading your posts. Stay up the good paintings! You recognize, many persons are hunting around for this information, you can help them greatly.

  2. Hello there! Would you mind if I share your blog with my facebook group? There’s a lot of folks that I think would really enjoy your content. Please let me know. Thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *