मौराखारा गुरिल्ला म्याराथन अन्तरगत महिला तर्फ कल्पना बुढा प्रथम

मौराखारा गुरिल्ला म्याराथन अन्तरगत महिला तर्फ कल्पना बुढा प्रथम

"1" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौं संस्करणको महिला तर्फ कल्पना बुढा प्रथम भएकी छिन् । उनी जुम्लाकी धावक हुन् । ३२ जना प्रतिश्पर्धीलाई पछि पार्दै बुढा पहिलो हुने सफल भएकी हुन् ।

बुढाले निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गरेकी थिइन् । त्यस्तै जुम्लाकै राज्यलक्ष्मी रावत दोस्रो भइन् । रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गरिन् ।

त्यस्तै ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो भएकी छिन् । जुम्लाकै मिमु बुढा चौंथो र समिता बुढा पाचौँ भएको म्याराथन व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालले बताए ।

महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिए । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ ।


One thought on “मौराखारा गुरिल्ला म्याराथन अन्तरगत महिला तर्फ कल्पना बुढा प्रथम

Leave a Reply

Your email address will not be published. Required fields are marked *