रुकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता सुरु

रुकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता सुरु

"0" Comments

रुकुम पश्चिम । रुकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ । आज मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गरे । जिल्ला ब्याडमिन्टन संघरुकुम पश्चिमले प्रतियोगिताको आयोजना गरेको छ ।

आजबाट सुरु भएको प्रतियोगिताको विभिन्न विधामा १०४ टिमले भाग लिएका छन् । आयोजकका अनुसार पुरुष डबल खुला (अल नेपाल) तर्फ २४ टिम, रुकुम पश्चिम पुरुष डबल खुलामा ३५ टिम, रुकुम पश्चिम खुला महिला डबल विधामा आठ टिम र १९ वर्ष मुनिको पुरुष एकलतर्फको प्रतियोगितामा सात जनाले भाग लिएका छन् । त्यसैगरी कर्णाली प्रदेश पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा ३० टिमले प्रतिश्पर्धा गर्ने बताईएको छ ।

मुसीकोट नगरपालिका –१ स्थित मिनिकवर्डहलमा तीन दिनसम्म सञ्चालन हुने यस प्रतयिोगिताको ५ वटै इभेन्टमा एकैसाथ प्रतिस्पर्धा गराउने तयारी रहेको संघका सचिव विशाल बिष्टले दिए ।

अल नेपाल खुला ब्याडमिन्टनको विजेता जोडीले ५२ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जोडीले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीलाई समान ११÷११ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

रुकुम पश्चिम जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीले समान ५÷५ हजार पुरस्कार पाउने छन् ।

त्यस्तै महिला तर्फको विजेता जोडीले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना जोडीले समान ३÷३ हजार पुरस्कार पाउने सचिव विष्टले बताए ।

कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेताले ३२ हजार, उप विजेताले २० हजार र सान्त्वना हुने दुई जोडीले समान ६÷६ हजार पुरस्कार पाउने बताईएको छ । रुकुम पश्चिम जिल्ला स्तरीय १९ वर्ष मुनिको पुरुष सिङ्गल ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना हुने दुई खेलाडीले समान ३÷३ हजार पुरस्कार पाउने छन् ।

त्यस्तै सबै इभेन्टका एकएक जना वेष्ट प्लेयरलाई दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *