रुकुम पश्चिममा युवा मानव अधिकार रक्षक सञ्जाल गठन

रुकुम पश्चिममा युवा मानव अधिकार रक्षक सञ्जाल गठन

"1" Comments

रुकुम । रुकुम पश्चिममा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । आज खलङ्गामा भएको युवाहरूको भेलाले परिचन्द्र खत्रीको अध्यक्षतामा २५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा प्रमिला कठायत र रमेश मल्ल, सचिवमा सोमपाल कामी, सहसचिवमा कपिल बिष्ट र रोशन परियार र कोषाध्यक्षमा सरस्वती बिक चयन भएका छन् । युवा सशक्तिकरण, मानव अधिकार र सुशासनको क्षेत्रमा काम गर्ने गरी उक्त सञ्जाल गठन गरिएको हो। रोयम नेपालको सहजीकरणमा गठन गरिएको यस सञ्जालले युवाहरूको सहभागितामा मानव अधिकार संरक्षण र प्रवर्धनका लागि काम गर्ने बताइएको छ ।

कार्यक्रममा मानवअधिकारकर्मी जिबन खड्काले मानव अधिकार र मानव अधिकार रक्षक सञ्जालको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनले विभिन्न समयमा भएका मानव अधिकारका घटना र ति घटनाबाट भएका परिवर्तनको बारेमा जानकारी दिएका हुन् । त्यस्तै मानव अधिकारका घटनाको अभिलेखिरकणको विषयमा पनि जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले मानव अधिकार हनन्का घटना, साईवर अपराध र लागुऔषधको बारेमा सहभागि युवाहरुलाई जानकारी गराए ।

मानव अधिकार सञ्जाल रुकुम पश्चिमका जिल्ला संयोजक नरबहादुर लम्सालको अध्यक्षतामा भएको जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भीमराज ओली लगायतको आतिथ्यता रहेको रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले बताए ।

यसैबीच युवाहरूलाई मानवअधिकार, सुशासन, बालविवाह, लागुऔषध दुवर्यसनका असर, सकारात्मक सोच लगायतका विषयमा सहजीकरण समेत गरिएको प्रदेश संयोजक विकले जानकारी दिए ।

 


One thought on “रुकुम पश्चिममा युवा मानव अधिकार रक्षक सञ्जाल गठन

  1. Đây là nơi tôi thường truy cập để giải trí vì 188v. có nhiều trò chơi mới được cập nhật thường xuyên. TONY05-22

Leave a Reply

Your email address will not be published. Required fields are marked *