अध्यक्षको जिम्मेवारी हस्तान्तरण र उम्मेदवार छनौट लगाएतका निर्णय गर्दै सकियो एमाले रुकुम पूर्वको बैठक
अध्यक्षको जिम्मेवारी हस्तान्तरण र उम्मेदवार छनौट लगाएतका निर्णय गर्दै सकियो एमाले रुकुम पूर्वको बैठक
रुकुम पूर्व । शनिबार सम्पन्न नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीको सातौं बैठकले कार्यवाहक अध्यक्ष तोक्ने देखी आसन्न निर्वाचनका लागी उम्मेदवार समेत छनौट गरेको छ । जिल्ला पार्टी कार्यालय रुकुमकोटमा बसेको बैठकले उपाध्यक्ष गोपाल रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ भने आसन्न प्रतिनिधी सभा तथा राष्ट्रिय सभाका उम्मेदवार पनि छनौट गरेको छ हो।
जिल्ला कमिटी लिलामणि गौतमको अध्यक्षता र केन्द्रिय सदस्य खेममान खड्काको प्रमुख आथित्यतामा आयोजना गरिएको बैठकमा नियमित रिर्पोटिक तथा छलफल पश्चात गत मंसिर २७-पौष २, २०८२ काठमाडौंमा सम्पन्न एघारौ राष्ट्रिय महाधिवेशको सन्देश र महाधिवेशनमने समिक्षा गरिएको थियो । साथै महाधिवेशनवाट नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यद्धय खेममान खड्का र लिलामणि गौतमलाई बधाई ज्ञापन गरिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
संगसंगै आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्ववाट प्रतिनिधि सभा निर्वाचनका लागी खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त वुढामगर र गोपालप्रसाद सुनारको नाम सर्वसम्मत सिफरिस गरिएको एमाले रुकुम पूर्वकी नेता भावना बुढाथोकीले जानकारी दिईन् ।
आगामी रााष्ट्रिय सभा निर्वाचनका लागी खुल्ला पुरुषबाट नन्दलाल शर्मा र अपांगता भएकाहरुबाट रामलाल केसीको नाम सिफरिस गरिएको पनि बुढाथोकीले बताईन् ।
यसका साथै जिल्ला कमिटी अध्यक्ष लिलामणि गौतम एघारौं राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछी पार्टीको दोहोरो जिम्मेवारी लिन नमिल्ने मापदण्ड अनुसार अर्को व्यवस्था नभएसम्म अथवा जिल्ला अधिवेशन नहुदाँ सम्म उपाध्यक्ष गोपाल रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान समेत प्रदान गरिएको छ । भने बैठकबाट जिल्ला कमिटीमा यूवा र अन्य कलष्टरमा गोपाल प्रसाद सुनार, अनिल केसी, तेजेन्द्र खड्का, प्रतिक गौतम, रिषिराम शर्मा र सन्तोष खड्कालाई मनोनित गरिएको छ ।

Start earning on every sale—become our affiliate partner today!
Boost your income—enroll in our affiliate program today!
Start earning instantly—become our affiliate and earn on every sale!
Monetize your influence—become an affiliate today!
https://shorturl.fm/Ko9L2