आज विजया दशमी, उत्तम साइत बिहान ११ः३६ बजे
आज विजया दशमी, उत्तम साइत बिहान ११ः३६ बजे
काठमाडौं । बडादशैंको मुख्य दिन आज विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ । आज बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उनले भने ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ । चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।
आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

Sau vài hôm dùng thử cricfy tv ios , mình thấy phản hồi rất nhanh khi thao tác liên tục. TONY07-08