सिस्ने ४ का कलबहादुर खड्का १८ बर्षपछी एमाले मै फर्किए

सिस्ने ४ का कलबहादुर खड्का १८ बर्षपछी एमाले मै फर्किए

"2" Comments

रुकुम पूर्व । आजभन्दा १८ बर्षअघि अर्थात २०६४ सालमा नेकपा एमाले छोडेर तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेका सिस्ने गाउँपालिका–४ का कलबहादुर खड्का (केबी) एमालेमै फर्किएका छन् । एमाले सिस्ने गाउँपालिका वडा-४ को वडा कमिटीको आज आयोजित विस्तारित बैठकका सन्दर्भमा उनले ३५ बर्षअघि लिएको एमालेको सदस्यता नविकरण गर्दै अब उप्रान्त एमाले मै रहने प्रतिवद्धता गरेको बताईएको छ ।

आजभन्दा ३५ बर्षअघि अर्थात २०४७ सालमा पार्टी सदस्यता लिएका खड्काले सदस्यता नविरण गरेसंगै उनि अब उप्रान्त एमालेको पार्टी सदस्य भएको जिल्ला अध्यक्ष लिलामणी गौतमले बताए । खड्का संगै नेपाली कांग्रेस परत्याग गरी सिस्ने-४ कै लालबहादुर खत्रीले पनि एमालेको प्रवेश गरेको अध्यक्ष गौतमको भनाई छ ।

आफैले निर्माणको गरेको पार्टीलाई अब थप बलियो र लोकप्रिय बनाउन लाग्ने खड्काको प्रतिवद्धता रहेका छ । यसअघि माओवादी केन्द्रको जिल्ला समन्वय समितीको सचिवालय सदस्य रहेका खड्का र कांग्रेसबाट प्रवेश गरेका खत्रीलाई पार्टीले उचित जिम्मेवारी दिने पनि अध्यक्ष गौतमले प्रतिवद्धता जनाएका छन् ।

सिस्ने-४ को वडा कमिटीको विस्तारित बैठक अध्यक्ष कमानसिंह घर्तीको अध्यक्षता र पार्टी पोलिटब्युरो सदस्य खेममान खड्काको प्रमुख आथित्यतामा आयोजना गरिएको थियो । साथै बैठकमा केन्द्रिय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा, जिल्ला कमिटी अध्यक्ष गौतम र उपाध्यक्ष गोपाल रेउलेको सहभागिता रहेको थियो ।


2 thoughts on “सिस्ने ४ का कलबहादुर खड्का १८ बर्षपछी एमाले मै फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *