रुकुम पूर्वमा नेकपा एमालेद्धारा आयोजित युवा–विद्यार्थी विशेष भेला सम्पन्न
रुकुम पूर्वमा नेकपा एमालेद्धारा आयोजित युवा–विद्यार्थी विशेष भेला सम्पन्न

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वले अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको व्यवस्थापनामा शनिबार जिल्ला सदरमुकाम रुकुमकोटमा युवा-विद्यार्थी विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमको अध्यक्षतामा सम्पन्न भेलामा युवा विद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
भेलामा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला ईञ्चार्ज खेममान खड्काले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको लागी युवा विद्यार्थीहरु सचेत हुनुपर्ने बताए। युवाको नाममा गत भाद्र २३ र २४ गते देशब्यापी भएको आतंक र विध्वशंले देशलाई दशकौ बर्ष पछाडी धकेलेको र त्यसले नेपाली समाजलाई गहिरो चोट पुर्याएको उनको भनाई थियो।
‘संकटको बेला बेमौसमी नेतृत्व परिवर्तनको बहस गर्नुभन्दा वस्तुनिष्ट समीक्षा सहित जनताको विचमा जानुपर्छ’ ईन्चार्ज खड्काले भने ’नेतृत्व परिवर्तनको कुरा उठाएर पार्टीभित्र तथा बाहिरका तत्वहरु लागेको अवस्था छ । यो काम सडक र सामाजिक संञ्जालवाट नभई विधि र पद्धतिबाट मात्र हुन्छ ।’
देशको वदलिँदो राजनीतिक परिस्थिति, पछिल्लो जेनजि आन्दोलन र त्यसपछिका घट्नाहरुका बारेमा परिवर्तनका संम्भाहक युवा र विद्यार्थीहरुलाई सत्य तथ्य वुझाउनु पर्छ भन्ने उद्देश्यले जिल्ला पार्टीको आयोजनामा भेलारअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमले बताए ।
एमाले को निति र नेतृत्व सहि हुदाँहुदै पनि जनतालाई वुझाउन नसक्नु हामि भित्रको कमजोरी रहेको स्विकार्दै अध्यक्ष गौतमले पार्टी सरकारमा रहदाँ गरेका राम्रा कामहरु जनतालाई सम्प्रेशन गरेर पार्टी नेता/कार्यकर्ताहरुमा देखिएको गलत चरित्रलाई पनि सुधार्नु पर्ने जोड दिए ।
अनेरास्ववियु केन्द्रिय सदस्य एवम् रुकुम पूर्व ईञ्चार्ज रामचन्द्र केसीले विद्यार्थीहरुलाई विद्यालय तहमै अनुशासनको पाठ सिकाउन नसक्दा आन्दोलनको भावना र मर्म सहि हुदा हुदैपनि गलत तत्वको प्रवेशलाई रोक्न नसक्दा आजको यो परिस्थिति सृजना भएको बताए।
देश बाहिर बसेर एमालेका नेता/कार्यकर्तालाई ‘झोले’ भन्ने तत्वहरुलाई गाउँघर र समाजमा केहि दुःख–सुख पर्दा सवैभन्दा पहिले तिनै झोलेहरु काम लाग्ने
कुरा नभुल्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै श्रीकृष्ण गौतम, प्रतिक गौतम, सन्तोष गिरि, संगित शर्मा, मञ्जलि वुढा, समिर हमाल, विशाल ओली, रोहण खड्का, अनुशा शर्मा, रोजिता शर्मा, प्रकृति शर्मा लगायतले युवा पुस्तालाई आरक्षणको रुपमा होईन नेतृत्व गर्न सक्ने गरी नेतृत्व विकासमा सक्षम बनाउन पार्टीले ध्यान दिनु पर्ने र जेनजी आन्दोलनले उठाएका धेरै कुराहरु सकारात्मक रहेको कारण ग्रहण गदै आगामी दिनमा कार्यन्वयनमा लैजानु पर्ने बताएका थिए ।
साथै सामाजिक संञ्जाल बन्द गर्नु पूर्ब त्यसका कारण र प्रभावका वारेमा आम युवारविद्यार्थी, जनतालाई सचेत गराउन नसक्दा त्यसको नकारात्मक प्रभाव सडकमा देखिएको र सडकलाई असल जेन्जी भन्दा गलत तत्वले हस्तक्षेप गरि गलत दिशामा मोडि देशभर आतंक फैलाएको वताएका थिए ।
जिल्ला कमिटी उपाध्यक्ष गोपाल रेउलेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पार्टी केन्द्रिय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा, प्रदेश कमिटी सदस्य, फत्यकुमारी ओली, प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बल बहादुर केसि, रुकुमपूर्व–काठमाण्डौ सम्पर्क मञ्च अध्यक्ष गोरख बहादुर केसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अनिल केसी लगायतको आथित्यता र उपस्थिति रहेको थियो । भेलाको संञ्चालन अनेरास्ववियु रुकुम पूर्ब अध्यक्ष तेजेन्द्र खड्काले गरेका थिए ।