बाँफिकोटमा भुकम्प पिडितलाई पहिलो किस्ता दिन समय लाग्ने
बाँफिकोटमा भुकम्प पिडितलाई पहिलो किस्ता दिन समय लाग्ने
बाँफिकोट। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको २७ औं कार्यपालिका बैंठकले आईबार देखि भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम भुक्तानी दिने निर्णय गरेको भए पनि केहि दिन ढिला हुने भएको छ । जाजरकोटको रामिडाडामा केन्द्रविन्दु भएर भुकम्प गएको दुई महिना बितिसक्दा पनि बाँफिकोट गाउँपालिकाका भुकम्प पिडितहरुले अझै अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम पाउन सकेका छनैन् ।
शुक्रबार गाउँकार्यपालिका बैठक बसेर पालिकामा रहेका भुकम्प पिडितहरुको लागि सरकारले उपलव्ध गराएको पहिलो किस्ताको रकम आइतबार देखि वितरण गर्ने निर्णय गरेको थियो । लाभग्राहीको खातामा पहिलोको किस्ता रकम भुक्तानि गर्ने निर्णय भएको भए पनि वडाहरुले अस्थायी आवास निर्माण गरेका लाभग्राहीको सिफारीस नपठाएका कारण रकम वितरणमा केहि दिन ढिलाई हुने निमिक्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले जानकारी दिए। ‘अस्थायी आवास निर्माण गरेकालाई मात्र सिफारिस गर्न वडा कार्यालयहरुलाई अनुरोध गरेका छौ । भुकम्प पिडितहरुले अस्थायी आवास निर्माण गरिसकेको छन् । तिनिहरुले पहिलो चरणमा रकम पाउने छन्’, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
खड्काका अुनसार पालिकामा प्रमुख प्रशासकीय अधिकृत नुहदा भुकम्प पिडितहरुलाई अस्थायी आवासको लागि रकम भुक्तानि दिन सकिएको थिएन । वडाले आवास निर्माण गरिसकेका लाभग्राहीहरुको फाईल पालिकामा पठाउने वित्तिकै रकम भुक्तानिको काम सुरु हुने छ ।
भुकम्पका कारण पालिकाको वडा नम्वर ७ मा धेरै घरहरुमा क्षती भएको छ । त्यस्तै वडा नम्वर ८, ९ र १० मा पनि भुकम्पले क्षेती गरेको थियो । ति वडाहरुमा अस्थायी आवास निर्माण भैसकेका छन् । निर्माण भएका आवासको लागि भुक्तानिको काम हुने पालिकाले जनाएको छ ।
पालिकाले पहिलो किस्ता १७ सय ५३ जना लाभग्राहीलाई वितरण गर्दैछ । जिल्ला विपत व्यवस्थापन कोषबाट पालिकामा रहेको स्थानीय विपत व्यवस्थापन कोषमा पहिलो किस्ता भुक्तानीको लागि ५३ लाख रकम पठाईसकेको लामो समय भैसकेको छ । जिल्लाको अन्य पालिकाहरुमा भने पहिलो किस्ताको रकम लाभग्राहीको खातामा हालेर पनि अस्थायी आवास निर्माण भैरहेका छन् ।