नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।
यस्तो छ कार्यविभाजन
एमाले
- रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
- पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
- हरि उप्रेती, रक्षा
- भगवती चौधरी, महिला बालबालिका
- राजेन्द्र राई, खानेपानी
- दामोदर भण्डारी, उद्योग
- ज्वालाकुमारी साह, कृषि
- बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी केन्द्र
- नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
- वर्षमान पुन, अर्थ
- शक्ति बस्नेत, उर्जा
- रेखा शर्मा, सञ्चार
- हितबहादुर तामाङ, पर्यटन
रास्वपा
- रवि लामिछाने, उपप्रधान तथा गृह
- डीपी अर्याल, श्रम
- विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
- सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादी
- भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन
- धनबहादुर बुढा, सहरी विकास