‘कम्युनिष्टलाई लडाएर जित्ने कांग्रेसको प्रयास असफल भयो’ – युवराज ज्ञावली
‘कम्युनिष्टलाई लडाएर जित्ने कांग्रेसको प्रयास असफल भयो’ – युवराज ज्ञावली
रुकुम पश्चिम । माओवादी–कांग्रेसको तत्कालिन सत्ता गठबन्धन भत्काकाएपछी हामी कम्युनिष्टलाई लडाउने र आफुले जित्ने कांग्रेसको सपना असफल भएको नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले बताएका छन् । एमाले रुकुम पश्चिमको ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।
अगामी निर्वाचनमा एमाले र कांग्रेसकै बिचमा मुल प्रतिस्पर्धा हुने भन्दै ज्ञावलीले भने, ‘२०८४ मा हाम्रो प्रतिस्पर्धा कांग्रेससंगै हो । बाँकी अरुको भर छैन । तर जित एमालेकै हुन्छ र देश विकासको नेतृत्व पनि एमालेले नै गर्छ ।’
साथै जिल्ला अधिवेशन सफलताका लागी शुभकामना दिदैं ज्ञावलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर एकताको सन्देश दिन पनि अनुरोध गरे ।
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ भन्ने मुल उद्घोषका साथ आजबाट सुरु भएको अधिवेशन वन्द शत्र पश्चात भोली (शनिबार) सकिने छ ।
नयाँ नेतृत्वको छनौट समेत गरिने जिल्ला अध्यक्ष नन्दराम देवकोटाले बताए । ‘यो अधिवेशनमा पार्टीको विगत र वर्तमाणको भुमिका र अगामी योजनाका बिषयमा पनि मन्थन गरिनेछ’ उनले भने ।
मुसीकोट नगरपालिका–५ बागबजार स्थित एमाले रूकुम पश्चिमको जिल्ला पार्टी कार्यालयको प्राङ्गनमा आयोजित जिल्ला अधिवेशनमा भाग लिन जिल्लाका ६ वटा पालिका, ७३ वटा वडा र बिभिन्न जनवर्गिय संगठनबाट गरेर करिब ३ सय ५० जना प्रतिनिधीले भाग लिने जिल्ला सचिव शशिराम नेपालीले जानकारी दिए । सकेसम्म सर्वसम्मत रूपमा र नभए निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन गरिने पनि नेपालीको भनाई छ ।