एमाले रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्नः अध्यक्षमा लिलामणी गौतम
एमाले रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्नः अध्यक्षमा लिलामणी गौतम
रुकुम पूर्व । नेकपा एमाले रुकुम (पूर्व)को आज सम्पन्न ९ औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । लिलामणी गौतमको नेतृत्वमा ७८ सदस्सिय जिल्ला कमिटी सर्वसम्मत रुपमा निर्वाचित गर्दै अधिवेशन सकिएको हो ।
जिल्ला सदरमुकाम रुकुमकोटमा हिजो उद्घाटन भएको अधिवेशन पश्चात आज भएको बन्द शत्रबाट अध्यक्षमा गौतम, उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उप–सचिवमा पशुपती खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक दामोदर पौडेलले जानकारी दिए ।
‘साथै ७ सदस्सिय लेखा समितिको संयोजकमा चिन्तामणी दाहाल र सचिवमा शोभाकर शर्मा पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ’ संयोजक पौडेलले भने ।
पदभार ग्रहण पश्चात मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गौतमले रुकुम पूर्वमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘नेकपा अझै एमालेलाई जनप्रिय पार्टी बनाएर अगामी निर्वाचनबाट जिल्लाको पहिलो दलका रुपमा स्थापित गर्नेछौं ।’ उनले भने ‘विकास, शुसाशन र समृद्धीको खाका लिएर जनतामाझ जाने र २०८४ सालको निर्वाचनबाट जिल्लाका तिनवटै पालिकामा एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन भुमिका खेल्नेछौ ।’