संयुक्त दलित अधिकार मञ्चद्धारा जिल्ला प्रशासनमा ज्ञापनपत्र पेश

संयुक्त दलित अधिकार मञ्चद्धारा जिल्ला प्रशासनमा ज्ञापनपत्र पेश

"0" Comments

रुकुम पूर्व । संयुक्त दलित अधिकार मञ्च रुकुम पुर्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा समक्ष आज तीनबुँदे ज्ञापनपत्र पेश गरेको छ । दलित अधिकार प्रबर्द्धन संयन्त्र २०७३ लाई प्रभावकारी बनाउने उदेश्यले ध्यानाकर्षन गराईएको हो ।

जिल्ला स्थित सरकारी कार्यालय तथा संघ-संस्थाहरुमा दलित कर्मचारीको समावेशी अवस्थाबारे सर्वेक्षण गर्ने र स्थानीय तहमा बिनियोजन गरिने दलित लक्षित कार्यक्रमको स्थिति बारेमा पनि निगरानी गर्ने बिषयमा ध्यानाकर्षण गराएको संयुक्त दलित अधिकार मञ्चका ओपेन्द्रलाल कामीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *