मध्यपहाडी लोकमार्गको रुकुम खण्ड भोलीदेखी १८ दिन बन्द गरेर मर्मत गरिदैं, बैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न सकिने

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड भोलीदेखी १८ दिन बन्द गरेर मर्मत गरिदैं, बैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न सकिने

"1" Comments

रुकुम पश्चिम । मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम खण्डको दुई स्थानमा सडकको स्तरोउन्नती गर्नुपर्ने भएकाले १८ दिन सवारी आवागमन पुर्णतः अवरुद्ध हुने भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोटमा गरेर दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले सडक बन्द गर्ने बताईएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका ईन्जिनियर नविन खरेलका अनुसार यही कार्तिक १२ देखी ३० गतेसम्म किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९ मिटर सडक ढलानको काम गर्ने योजना रहेको जानकारी दिए । ‘यी दुई ठाउँमा सडक साँघुरो र कच्ची भएकाले ढलान गरेर सडक बलियो बनाउन पर्ने भयो ।’ उनले भने ‘यहाँ सडक साँघुरो छ । तत्काल फराकिलो बनाउन थाल्यो भने समय र लगानी धेरै लाग्ने भएकाले अहिले भएकै सडकलाई ढलान गर्नुपर्ने भयो ।’

बिशेष गरी रुकुम पश्चिम संगै जाजरकोट र डोल्पासम्मका सवारी साधनहरु पोखरा–काठमाडौंसम्म आवतजावत गर्ने यो खण्डको विकल्पका रुपमा मुसिकोटबाट गाराघाटको पुल तरेर पिपल–पोखरा गाउँ हुदैं रुकुमकोट पुगी पुनः मध्यपहाडी लोकमार्गमा जोडिन सकिने विकल्प सुझाईएको छ ।

चाडबाड सकेर काठमाडौंतर्फ जान लागेका सर्वसाधारणको संख्या ठुलो रहेको र तत्काल रुट परिवर्तण गर्दा गाह्रो हुने भन्दै सडक मर्मत गर्ने कामलाई केही दिन पछी सार्न यातायात व्यवसायीहरुले अनुरोध गरेपनी त्यो सम्भाव नभएको ईन्जिनियर खनालले बताए । ‘यातायात व्यवसायीहरुबाट यो काम केही दिन पछी सार्न अनुरोध गरिएको भएपनि त्यो तत्काल सम्भव भएन । यसकारण मौसमको अवस्था हेरेर भोलीदेखी नै काम सुरु हुन्छ ।’ उनले भने ।

यस बिषयमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले यातायात व्यवसायीहरुबाट यसप्रकारको कुनै अनुरोध नआएको भन्दै भोली देखी नै सडक मर्मतको काम अघी बढाएर बरु सकेसम्म चाडो सक्न निर्णय भएको बताए । ‘सडक मर्मतको काम केही दिनपछी सार्ने बिषयमा हामीसम्म कुनै अनुरोध आएको छैन । फेरी यो रुकुम पूर्व जिल्लाको पनि बिषय भएकाले अब पूर्व सुचना अनुसार नै काम अगाडी बढ्छ । यातायात व्यवसायी र सम्बन्धित सबैलाई बैकल्पिक मार्ग प्रयोग अनुरोध गर्दछु ।’ उनले भने ।

ईकान्तिपुर डटकमबाट साभार


One thought on “मध्यपहाडी लोकमार्गको रुकुम खण्ड भोलीदेखी १८ दिन बन्द गरेर मर्मत गरिदैं, बैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *