वस्तीस्तरबाटै योजना तर्जुमा : समुदायको सहभागितामा हुम्लाको विकास

वस्तीस्तरबाटै योजना तर्जुमा : समुदायको सहभागितामा हुम्लाको विकास

"8" Comments

हुम्ला । सिमकोट गाँउपालिका वडा नं २ को ठेह वस्तीमा वडा अध्यक्ष देवजंग वोहराको अध्यक्षतामा वस्ती भेलाको आयोजना भएको थियो हातमा लठी टेक्दै थरथर खुट्टा कमाएदै मानीसहरु भेला भएको सोही ठाँउमा आईपुगेका थिए बहादुर वोहरा ।  उनले केहीवेर अरुका कुरा सुने । सवैले गाँउका समस्या पालैपालो राखीरहेका थिए । यसै अवसरमा उहाँले भन्नुभयो ‘बाबै हो हामी त वुढौ भैसकियो अव कतै जान सकिने अवस्था पनि छैन, जाने ठाँउ पनि छैन गाँउमा हामी वुढापाका वस्न्या सुख-दुःखका कुणा गरन्या वृद आश्रम केन्द्र बनाइदिनु पर्यो ।’

त्यसैगरी सिमकोट गाँउपालिकाकै आयोजनामा वडा नं ३ को भेलामा स्थानीय वासी देउकली सुनारले दलित वस्तीमा एक घर एक चर्पी निर्माण र महिलाका लागी शिपमुलक आयअर्जनको माग गर्नुभयो । ३ नं वडा कार्यालयकै आयोजनामा लिमाटाङको लामा वस्तीमा पान्मा दार्जे लामाले छ्युमाचाँ तटवन्धन निर्माण र होम स्टे व्यवस्थापनका लागी माग गर्नु भयो ।

सिमकोट गाँउपालिकाको वडा नं ८ का खोली स्याडा, साता र याङगु गरि चारवटै वस्तीमा वडा कार्यालयले आगामी वर्षको योजनातर्जुमाका लागी स्तीस्तरमा भेलाको आयोजना गर्यो । उक्त वस्तीका प्रायः सवै नागरिकको प्रमुख एक माग ८ नं वडा कार्यालयलाई सडकको पहँच पुर्याउनु र शिक्षालाई उच्च प्राथमिकता दिन माग गरे ।

खार्पुनाथ गाँउपालिका वडा नं ५ को दलित वस्ती याङचुमा आयोजना भएको वस्ती भेलामा स्थानीयहरुले याङचु वस्ती पहिरो नियन्त्रण, रातोमुल सिचाई आयोजना देखी टुलिङ खानेपानी योजनाको माग गरे । ताँजाकोट गाँपालिकोको दलित टोल चौतारी वस्तीमा पनि वडा अध्यक्ष राजेन्द्र व. शाहीको अध्यक्षतामा पनि वस्ती भेलाको आयोजना भयो । उक्त भेला सवै दलित समुदायको सहभागीता थियो । समुदायवाट २१ वटा आयोजनाको माग भयो र उक्त भेलामा टिका विधिको माध्ययमवाट प्राथमिकीकरण गर्दा दलित वस्तीमा एक घर एक धारा ले सवै भन्दा वढी मत ल्याई समदायले पहिलो प्राथमिकतामा राखे ।

यी त केही नमुना उदाहरण मात्र हुन । अहिले हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र ताजाकोट गाउँपालिकामा समावेशी योजना तर्जुमाका लागी अभियान नै सन्चालन भएको छ । स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको प्राविधिक सहयोगमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी, दिगो र प्रभावकारी कार्यान्वयनका लागी क्षमता विकास र फिल्डस्तरमा समावेशी योजना तर्जुमाका लागी प्राविधिक सहायता प्रदान भएको छ ।

समावेशी योजना तर्जुमाका लागि वस्तीस्तरवाटै योजना संकलन

स्थानीय तहमा विगतका वर्षहरुमा नँया आर्थिक वर्षको निति कार्यक्रम तथा वजेट प्रक्रिया थाले संगै वडा कार्यालयको वैठक वसी योजनाहरुको छनौट गर्ने प्रचलन थियो । तर यो वर्ष भने सिमकोट, खार्पुनाथ र ताँजाकोट गाँउपालिकामा भने कार्यपालिको वैठक गरेर नै वडा कार्यालयलाई वस्ती वस्ती वाट योजनाहरुको संकलन गर्ने, वडावाट प्रथामिकीकरण गरी गाँउपालिकामा प्राथमिकताका आधारमा योजना पठाउने पत्रचार गरयो । सोही अनुसार अहिले सिमकोट, खार्पुनाथ र ताजाकोट गाँउपालिका वडा कार्यालयहरु सोही अनुसार वस्ती, वस्तीमा समावेशी योजनाका लागी भेलाहरु सम्पन्न भएका छन । वडा कार्यालयले वडा सदस्यहरुको संयोजकत्वमा वस्तीमा योजना छनौटका लागी योजना बनाएका छन । वस्ती भेला गर्दा ३ दिन अगाडी नै भेलाका लागी पत्राचार गरि विभिन्न वर्ग, समुदाय, महिला, दलित, जनजाती, अपांगता भएका व्यक्ति, वालक्लवहरु तथा युवाक्लवहरुको उल्लेख्य सहभागीतामा भेलाहरुको आयोजना गरेको पाईन्छ । वस्ती स्तरमा आयोजना धेरै आउने तर स्रोत कम हुने भएकाले वस्ती वाट नै नागरिकहरुको सहभागीतामा योजनाको प्राथमिकिरणका लागि टिका विधि, हात उठाउने विधिवाट भोट गरि आयोजनाको प्राथमिकिकरण गरि योजना छनौट गरेको नया अभ्यास गरेको छ । विकास भन्ने वित्तिकै पुर्वाधार भन्ने हुन्थ्यो अहिले आयोजनाहरुलाई आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन वतावरण तथा विपद् व्यव्स्थापन र सस्थागत विकासका क्षेत्रमा विभाजन गरि योजनाको प्राथमिकरण गरेका छन् । आयोजनाको प्राथमिकरण गर्दा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनको मापदण्ड अनुसार प्राथमिकिरण गरि क्रमसंगै आयोजना सन्चालनको योजना बनाएको पाईन्छ ।

तथ्य र सुत्रमा आधारित वडा कार्यालयलाई वजेटको सिलिङ

हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाले वडा कार्यालयहरुलाई वजेटको न्योचित वितरण र समावेशी बनाउनका लागी वडा कार्यालयहरुलाई तथ्य र सुत्रका आधारमा आगामी वर्षको वजेटको सिलिङ प्रदान गरेको छ । खासगरि विगतका वर्षहरुमा सवै वडाहरुलाई समान रुपमा वजेट प्रदान गरिन्थ्यो तर यो वर्ष बेलायती राजदुतावास काठमाण्डुको सहयोगमा संचालित स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको प्राविधिक सहयोगमा वडाहरुलाई जनसंख्या, क्षेत्रफल, पुर्वाधार विकासको अवस्था, उक्त वडाहरुमा राजश्व संकलनको अवस्था र जनसहभागीता जस्ता सुचकहरुलाई आधार मानेर वजेटको सिलिङ प्रदान गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत विष्णु वशादुर शाही भन्नुहुन्छ, तथ्य र प्रमाणमा आधारित भएर वडाहरुलाई सिलिङ दिने प्रयास यो वर्ष देखी शुरु गरेका छौ । यसले धेरै जनंख्या र क्षेत्रफल भएका र कम जनसंख्या क्षेत्रफल भएका वडाहरुलाई न्यायोति बनाउने छ । त्यसैगरि सिमकोट र ताँजाकोट गाँउपालिको पनि वडाहरुलाई तथ्य र सुत्रमा आधारित भएर वडा र शाखाहरुलाई वजेटको सिलिङ प्रदान गर्ने योजना बनाएको छ ।

स्थानीत तहमा आयोजना बैकको स्थापना

हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र ताँजाकोट गाँउपालिकाले यो वर्ष देखी वस्ती हुदै वडा कार्यालय र विषगत समितिमा प्राथमिकिरण भई आएको आयोजनाहरुलाई स्थानीय तहको स्रोत अनुसार कार्यान्वयन गर्ने र अन्य आयोजनाहरुलाई स्थानीय तहको आयोजना बैक स्थापना गर्ने योजना बनाएको छ । सिमकोट गाँउपालिका अध्यक्ष विजय भण्डारी भन्नुहुन्छ “विगतका वर्षहरुमा वडावाट योजना छनौट हुन्थ्यो , स्थानीय तहको स्रोतले भ्याएसम्म कार्यान्वयनमा आँउथे अन्य आयोजनाको लेखा जोखा नै रहदैन थियो तर यो वर्ष देखी वस्ती, वडा र विषयत समितिहरुवाट प्राथमिकिरण भई आयोजनाहरुलाई आयोजना बैकमा राखीने छ । प्राथमिकताका आधारमा प्रदेश, संघ र अन्य साझेदार निकायहरु संग समन्वय सहकार्य गरि आयोजना कार्यान्वयनमा ल्याइृने छ । उक्त आयोजनाहरुलाई स्थानीय तहको वेईवसाईट राखेर सवैको पँहुचमा ल्याउने व्यवस्था गरिने छ ।”

नेपाल सरकारले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ जारी गरेको छ र सोही अनुसार स्थानीय तहको समावेशी योजना तर्जुमा, समावेशी विकासको अवधारण सहित मार्गदर्शन गरको थियो । विगतका वर्षहरुमा एकदमै कम कार्यान्वयन भएको योजना तर्जुमा दिग्दर्शन यो वर्ष हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र ताँजाकोट गाँउपालिकाले गरेको अभ्यासले समावेशी योजना तर्जुमा प्रक्रियामा असल प्रयास रूपमा लगिएको छ ।

 


8 thoughts on “वस्तीस्तरबाटै योजना तर्जुमा : समुदायको सहभागितामा हुम्लाको विकास

  1. Việc của bet thủ là chỉ cần đặt cược con số may mắn mà mình dự đoán sẽ trúng với số tiền cược hợp lý. Hệ thống tiến hành quay thưởng và cập nhật ngay sau đó, tỷ lệ thưởng tải 66b có thể lên tới 1 ăn 99. TONY02-03

Leave a Reply

Your email address will not be published. Required fields are marked *