स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगामा एमाले काँग्रेसको गठबन्धन

स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगामा एमाले काँग्रेसको गठबन्धन

"1" Comments

रुकुम पूर्व (तकसेरा) । स्थानीयतह उपनिर्वाचनको लागि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्ध गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले विचको दुई दलीय संयन्त्रको पहिलो बैठकको निर्णय अनुसार गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।

उपाध्यक्ष पदमा रुख चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा (एमाले) जिल्ला कमिटी उप–सचिव केसकुमारी तुलाचन र वडा नम्वर २ को वडा अध्यक्ष पदमा सुर्य चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य जिवन रोकाको उम्मेदवारी दर्ता गरिएको एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।

त्यस्तै बैठकले विभिन्न निर्णय पनि गरेको छ । दुई दलिय जिल्ला संयन्त्रको वैठकको अध्यक्षता ३÷३ महिनामा पालै पालो गर्ने र पहिलो कार्यकालको अध्यक्षता नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रुकुम (पूर्वी भाग) जिल्लाका ईञ्चार्ज खेममान खड्काले गर्ने,

नेपाली कांग्रेसको तर्फवाट जिल्ला सभापती सहित सभापतीलेले तोकेको अन्य थप २ जना रहने व्यवस्था अन्तर्गत नेपाली कांग्रेस महासमिति सदस्य लक्षिराम घर्ति र जिल्ला कार्य समिति सदस्य श्री जय वहादुर वुढा लाई नेपाली कांग्रेसको तर्फवाट संयन्त्र सदस्यमा थप गर्ने निर्णय गरिएको छ ।।

 


One thought on “स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगामा एमाले काँग्रेसको गठबन्धन

  1. I’ve been absent for a while, but now I remember why I used to love this blog. Thank you, I’ll try and check back more frequently. How frequently you update your web site?

Leave a Reply

Your email address will not be published. Required fields are marked *