बाँफिकोटमा यो आर्थिक बर्षमा तिनवटा पक्की नहर निर्माण हुदैँ
बाँफिकोटमा यो आर्थिक बर्षमा तिनवटा पक्की नहर निर्माण हुदैँ
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-२ ले चालु आर्थिक बर्षमा तिन वटा कच्चि नहर पक्कि बनाउदै छ । गत आर्थिक वर्षमा पक्कि बनाउन छुटेका सिचाई नहर यो वर्ष पक्कि बनाउन लागिएको हो । वडामा धेरै नहर तथा सिचाई कुलोहरु कच्चि छन् ।
वडाले सबै नहरहरु पक्कि गर्ने अभियान अन्तरगत यो वर्ष तिन वटा नहरहरु पक्कि बनाउन लागेको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । काप्रारुख बसिनटाकुरा सिचाई कुलो, पुमा सिचाई कुलो र बिउरेनी सिचाइ कुलो पक्कि हुने उनको भनाई छ । दुई वटा सिचाई कुलो प्रदेश सरकार मार्फत निर्माण हुन लागेका र एउटा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमबाट पक्कि हुन लागेको वडा अध्यक्ष खत्रीले बताए ।
उनका अनुसार काप्प्रारुख बसिनचौर सिचाई आयोजना र पुमा सिचाई आयोजनाको लागि प्रदेश सरकार मार्फत कृषि बिकास कार्यलयले ८÷८ लाख रुपैंया विनियोजक गरेको छ भने बिउरेनी सिचाई आयोजनाको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १५ लाख रकम खर्च हुने छ ।