रुकुम पूर्वमा महोत्सवको आयव्यय सार्वजनिक

रुकुम पूर्वमा महोत्सवको आयव्यय सार्वजनिक

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वमा सञ्चालन भएको महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । गत चैत्र २३ गते देखि बैशाख ८ गते सम्म रुकुमकोटमा महोत्सव सञ्चालन भएको थियो । उक्त महोत्सवको आयोजकले आज आय व्यय सार्वजनिक गरेको हो ।

महोत्सवमा ३३ लाख ५० हजारको कारोबार भएको अठाले ग्रुपका अध्यक्ष सुधन रेग्मीले जानकारी दिए । उनको अनुसार ३३ लाख महोत्सवमा खर्च भएको छ । ५० हजार रकम बचत रहेको छ ।

मेलामा आएका कलाकारको लागि १५ लाख खर्च भएको अध्यक्ष रेग्मीको भनाई छ । स्टल व्यवस्थापन, घेरबार लगायत क्षेत्रमा रकम खर्च भएको आयोजकको भनाई छ । मेला सफल पार्न सहयोग गर्ने विभिन्न सरोकारवाल निकायलाई धन्यबाद समेत प्रकट गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *