सकियो लाखे नाच

सकियो लाखे नाच

"3" Comments


रुकुम । रुकुम पश्चिममा परम्परागत लाखे नाच आज सकिएको छ । साउन ३१ गतेबाट सुरु भएको नाच आज सकिएको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट सकिने गर्दछ ।

नच सुरु भएदेखि श्रीकृष्ण जन्माष्टमीको भोलीपल्टसम्म खलङ्गा, बागबजार, सेरिगाऊ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ ।

कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट आज कंसलाई नै मारेर समापन गरिएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिए । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन आज सदरमुकाम खलङ्गाको बराहटाकुरामा मेला लागेको थियो ।

जात्रा सुरु भएदेखि खलङ्गा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर जात्राको औपचारिक समापन गर्ने गरिन्छ ।

द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताए ।

उनका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।।

 


3 thoughts on “सकियो लाखे नाच

  1. Someone essentially help to make seriously articles I would state. This is the first time I frequented your web page and thus far? I amazed with the research you made to make this particular publish amazing. Magnificent job!

  2. Excellent beat ! I wish to apprentice whilst you amend your web site, how can i subscribe for a weblog website? The account aided me a appropriate deal. I had been tiny bit acquainted of this your broadcast offered vibrant clear concept

Leave a Reply

Your email address will not be published. Required fields are marked *