गाँउबाट हराउदै मौकिल लोक संस्कृति

गाँउबाट हराउदै मौकिल लोक संस्कृति

"3" Comments

रुकुम । सिस्ने गाउँपालिका– २ का भरिलाल केसी आफ्नो पालामा दशैंमा गाईने पुराना सिङ्गारु, बनगारी र ठाडि भाका अहिले पनि गुनगुनाउछन् । पुराना लोकभाकाको उनलाई निकै याद आउछ । पुरुष फरिया, चोलोमा सजिएर नाच्ने सिङ्गारु नाच, खुट्टामा नेवर लगायर एउटै तालमा नाच्ने पैसेरु नाच, मयरको प्वाँखबाट बनेको गर्रा लगायर नाचिने मयुर नाच विस्तारै गाउँबाट हराउदै गएका छन् ।

‘गाउँमा युवाहरु छैनन्, भएका पनि ठुलो देश जान्छु भनेर गाँउ छोडेर गैसके ।’ केसीले भने–दशँै तिहारमा गाउँ त शुन्य भैसकेको छ ।’ अहिले गाउँमा न डौरी, मादल बज्छन् नत गाउँमा युवाको जमात छ । पहिलाको पुर्खाले जोगाएर राखेका कला संस्कृति जोगाउन पनि पछिल्लो पुस्ताले चासो दिएका छैनन् । ‘आधुनिक प्रविधि आयो भन्छन्, सबैको हातमा मोवाईल छ, हाम्रो पालाको जस्तो टेप पनि हरायो ।’, अर्को स्थानीय पहलसिङ खड्काले भने ।

पहलसिङलाई पनि आफ्नो मौलिक लोक संस्कृति हराएकोमा दुख लागेको छ । मेला पर्व होस या पुजा तथा बिबाह जताततै कुनै समय पुराना लोक भाका, नाच प्रर्दशन हुने गथ्र्ये । त्यो समय गाउँमा रौनकता नै फरक हुन्थ्यो । तर अहिले भने त्यस्तो छैन । गाउँमा ठुला–ठुला साउन्ड सिस्टम भित्रिएका छन् । जताततै रेकर्डिङ गीतमा नाच देखिईन्छ । चाड पर्वको रौनकता पनि विस्तारै घट्दै गएको छ ।

मादल वनाउने बादी समुदायले पनि मादल बनाउन छाडिसके । वजारमा मादल पाईन थाले पनि मादल बनाउने पेशानै धरापमा परेको मुसीकोट नगरपालिका वडा नम्वर १३ का काले बादीले बताउछन् । ‘वजारमा मादल पाउछ । सवैले वजारकै मादल रुचाउछन्, हाम्रो पेशा त हराएको छ ।’, बादीले भने– अव हाम्रो पेशानै पलायन भए पछि जिविका टार्न निकै समस्या भएको छ ।’

अहिले गाउँमा भ्mयाली, मादल, डौरी, दमाह बजाउने मान्छे पनि छैनन् । ति पुराना मौतिक बाजा बजाउन कसैको चासो छैन । १० वर्ष गाउँमा प्रत्यकको घर–घरको दैलोमा गीत गाउदै हिड्ने गाईने पनि आज भोली देखिदैनन् । दुखका घटनालाई गीत मार्फत सुनाउने गाईने, उनले वजाउने सारङ्गी विस्तारै हराउदै गएको बाँफिकोट गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष प्रकाश खत्रीको भनाई छ ।

जिल्लामा ठुला मेला लाग्छन् । ति मेलामा पनि पुराना मौलिक लोक साँकृति भन्दा पनि बाहिरबाट कलाकारहरु झिकाएर भड्किलो नाच, गान देखाउने गरिएको छ । पुराना मेलाहरुलाई पनि महोत्सवको रुपमा टिकट काटेर हेर्नु पर्ने अवस्था आएको छ । पछिल्लो पुस्ताले सबै साँकृति भुलेको लामो समय सम्म विभिन्न मेलामा स्थानीय लोक भाका गाउदै आउनु भएको कलिभान गिरीको भनाई छ ।


3 thoughts on “गाँउबाट हराउदै मौकिल लोक संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *