भुकम्प प्रभावितहरु घर निर्माण गर्न कार्यविधिको पर्खाइमा

भुकम्प प्रभावितहरु घर निर्माण गर्न कार्यविधिको पर्खाइमा

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमका भुकम्प प्रभावितहरु घर निर्माण गर्न कार्यविधिको पर्खाइमा छन् । आज जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा बोल्दै जिल्लाका स्थानीयतहका प्रमुखहरुले सरकारले कार्यविधि निर्माण नगर्दा स्थायी आवास निर्माणमा समस्या भएको बताएका हुन् ।

आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले भुकम्प प्रभावित क्षेत्रका भुकम्प पिडितहरु घर निर्माण गर्न संघिय सरकारले निर्माण गर्ने कार्यविधिको पर्खाइमा रहेको बताए । ‘ नगरपालिकामा भुकम्पले बढि क्षती गरेका ठाउँमा तत्काल घरहरु निर्माण गर्नु पर्ने भएको छ, अस्थायी आवासमा गएको चैत्रमा लागेको हावाहुरीले पनि क्षती गरेको छ, भुकम्प प्रभावितहरु आफु खुसी घर निर्माण गर्न सकिरहेका छैनन्, सरकारले कार्यविधि निर्माण गरेर पठाए काम गर्न सजिलो हुने थियो ।’ नगरप्रमुख केसीले भने ।

सरकारले कार्यविधि बनाउन ढिला गरेका कारण भुकम्प पिडितहरु पुरानै चर्केका घरमा बस्न थालेको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए । ‘भुकम्पको कारण पुर्णरुपमा भत्किेका घर बाहेक चर्केको घरमा भुकम्प पिडितहरु बस्न थालेका छन्, अस्थायी आवासमा पानी पर्दा र हावाहुरी लाग्दा समस्या हुने गरेका कारण पनि भुकम्प पिडितहरु चर्केकै घरमा बस्न थालेका हन् ।’, अध्यक्ष बिष्टले भने ।

दोस्रो किस्ताको रकम वितरण गर्दा भुकम्प प्रभावित ठाउँमा निर्माण भएका अस्थायी आवासको अनुगमण प्रभावकारी ढंगले गर्नु पर्ने बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठामगरले बताए । केहि अस्थायी आवासहरु प्रयोगमा नआएको बताउदै उनले ति अस्थायी आवासको लागि दोस्रो किस्ता आवश्यक होकी होईन भन्ने विषयमा प्रभावकारी अनुगमण आवश्यक रहने उहाँको भनाई छ ।

त्यस्तै बैठकमा २०७२ सालमा गोर्खामा गएको भुकम्प पछिको पुननिर्माणको विषयमा पनि छलफल भएको थियो । गोर्खा भुकम्प पछि सरकारले गरेका कामको बारेमा सहरी विकास मन्त्रालय अन्तरगत नयाँ सहर आयोजनाका निर्देशक एकराज अधिकारीले बैठकमा जानकारी गराएका थिए । भुकम्प पछिको पुननिर्माण, जोखिममा रहेका बस्ति स्थानान्तरण, सरकारले गर्नु पर्ने कुराको विषयमा सहभागिहरुलाई निर्देशक अधिकारीले जानकारी गराएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *