दार्मा गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण, प्रधानमन्त्रीले उद्घाटन गर्ने

दार्मा गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण, प्रधानमन्त्रीले उद्घाटन गर्ने

"0" Comments

सल्यान  । सल्यानको दार्मा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण भएको छ । गाउँपालिका– ३ फारुलामा नयाँ प्रशासनिक भवन निर्माण भएको हो । भवन निर्माणको काम सम्पन्न भएको र २८ गते प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भवन उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार भवन उद्घाटनकै लागि प्रधानमन्त्री दार्मा आउन आउन लागेका हुन् । भवन निर्माणको लागि राेयल कन्ट्रक्सन धनगढीले २०७९ साल असारमा कामको सम्झौता गरेको थियो । एक वर्षमा काम सक्ने गरि सम्झौता भएकोमा समयमै काम नसकिए पछि कामको म्याद थप गरेर सम्झौता भएको दुई बर्षमा नयाँ भवन निर्माणको काम सम्पन्न भएको हो ।

उक्त निर्माण कम्पनीले ४ करोड ६५ लाख ७ हजार ८४४ रुपैँयामा भवन निर्माणको जिम्मा लिएको गाउँपालिकाका सव ईन्जिनियर भुपेन्द्र पुनले बताए । भवनमा २४ वटा प्रशासनिक काम संचालन हुने कोठा रहेका छन् । भवन साढे दुई तलाको निर्माण भएको उनको भनाइ छ । भवन निर्माण भएसंगै प्रशासनिक काम गर्न सहज हुने बताइएको छ । भवनमा हल र अन्य प्रयोजनको लागि प्रयोग गर्ने गरेर २६ कोठा रहेका छन् ।

गाउँपालिकाको पुरानो भवन प्रयाप्त नहुदा केहि शाखाहरु भाडाको घरमा सञ्चालन हुदै आएका थिए । गाउँपालिकाको पञ्जिकरण शाखा, रोजगार शाखा, स्टोर र स्वास्थ्यको स्टोर भाडाको घरमा सञ्चालन हुदै आएका थिए । अव भने सबै शाखाहरुले नयाँ भवनबाटै सेवा दिने छन् ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *