प्रथम सिस्ने कप सम्पन्न, उपाधि सिस्ने– ६ लाई

प्रथम सिस्ने कप सम्पन्न, उपाधि सिस्ने– ६ लाई

"0" Comments

रुकुम पूर्व  । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको प्रथम सिस्ने कप सम्पन्न भएको छ । युवा विकास केन्द्र सिस्ने गाउँपालिकाको आयोजना र सिस्ने गाउँपालिकाको सहकार्यमा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रथम सिस्ने कपको उपाधि सिस्ने गाउँपालिका– ६ ले हात पारेको छ । फाईनल खेलमा सिस्ने– ३ पोखरालाई हराउदै सिस्ने– ६ ले नगत १ लाख कप, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोस्रो भएको सिस्ने– ३ ले ५० हजार नगत सहित मेडल र प्रमाणपत्र हात पारेको छ । सिस्ने ४ ले तेस्रो स्थान हासिल गर्दै २० हजार र सिस्ने ५ ले सान्तोना स्थान हासिल गर्दै १० हजार नगत सहित मेडल र प्रमाणपत्र हात पारेको युवा विकास केन्द्रका अध्यक्ष गोपाल पुनले जानकारी दिए ।

त्यस्तै महिला तर्फको भलिबल प्रतियोगितामा सिस्ने ४ ‘बी’ टिम प्रथम भएको छ । सोहि वडाको ‘ए’ टिमलाई हराउदै सिस्ने ४ ‘बी’ प्रथम हुदै ४० हजार नगत पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । त्यस्तै दोस्रो हुनेले सिस्ने ४ ‘ए’ ले २० हजार मेडल र प्रमाणपत्र, तेस्रो हुने सिस्ने ८ ले १० हजार मेडल र प्रमाणपत्र तथा सान्तोना हुने सिस्ने ५ ले नगत ५ हजार हात पारेको छ ।

त्यस्तै प्रतियोगिताबाट एक जना महिला र एक पुरुष मध्यबाट उत्कृष्ट खेलाडि पनि छनोट गरिएको छ । पुरुष तर्फ सिस्ने– ३ का आदेश सुनार र महिला तर्फ सिस्ने ४ की काजल घर्तीलाई प्रथम सिस्ने कपको उत्कृष्ट खेलाडिको रुपमा प्रमाणपत्रले प्रदान गरिएको थियो । महिला तथा पुरुष तर्फ खेलाडि छनोट गरेर पालिका स्तरिय टिम पनि छनोट गरिएको अध्यक्ष पुनले जानकारी दिए ।

समापन कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । युवा विकास केन्द्रका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन अंमर खत्रीले गरेका हुन् ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *