मध्यपहाडी लोकमार्गको किटेनी र रानिकोटमा खस्ने पहिरोको कारण यात्रुलाई सास्ती
मध्यपहाडी लोकमार्गको किटेनी र रानिकोटमा खस्ने पहिरोको कारण यात्रुलाई सास्ती
रुकुम पश्चिम । बर्खा सुरु भएसंगै मध्यपहाडी लोकमार्ग हुदै चल्ने सावारी साधन र यात्रुले सास्ती पाउन थालेका छन् । रुकुम पश्चिम र पुर्वका विभिन्न खण्डमा लगातार पहिरो खरिरहेको छ । रुकुम पश्चिम खण्ड अन्तरगत मुसिकोट नगरपालिका– ८ किटेनी र रुकुम पुर्वको सिस्ने गाउँपालिका– ६ रानिकोटमा लगातार पहिरो खस्दा यातायातका साधन गन्तवय सम्म पुग्न समस्या भैरहेको हो ।
पानी पर्न थाले देखि यि दुवै ठाँमा पहिरो खरिरहेको छ । केहि बेर सडक खुले पनि लगातार पहिरो जादा सवारी साधनलाई समस्या हुने गरेको छ । ‘काडमाडौंको लागि छुटेका सवारी साधन एक दिनभर पहिरो गएको ठाउँमा रोकिनु पर्छ, हामिलाई पनि सवारी साधन छुटाउन निकै गाह्रो भैरहेको छ, कति खेर कुन ठाउँमा पहिरो जाने हो थाहानै हुदैन’, कमलताल यातायात प्रालीका काउन्डर इञ्चार्ज रमेश गिरीले भने ।
आईतबार विहान रुकुम पश्चिमको सदरमुकामबाट काठमाडौंको लागि छुटेका बसहरु रानिकोटमा दिनभर रोकिएका थिए । दिउँसो एक घण्टा सडक खुले पनि पुनः पहिरो खस्दा सवारी साधनहरु बाटोमै रोकिनु परेको चालक उमेश ओलीले बताए । ‘खाद्यान्न बोकेर दाङ देखि रुकुमकोट सम्मको लागि शनिबार बिहान हिडेका हौ, यहाँ पूग्दा दिनभर पहिरोको कारण गन्तव्यमा पुग्न सकेका छैनौ’, उनले भने ।
रानिकोटमा सडक स्तरउन्नीको लागि डवल कटिङको काम भएको थियो । सोहि ठाउँमा पहिरो खस्ने गरेको छ । गाडि गुड्दा गुड्दै पनि पहिरो खस्दा जोखिम मोलेर रानीकोट खण्ड पार गर्नु गर्ने बाध्यता रहेको गाडि चालकहरु बताउनछन् । त्यस्तै मुसिकोट नगरपालिका– ८ किटेनीमा पनि चट्टान भएको साघुँरो ठाउँमा पहिरो खस्ने गरेको छ ।
ठुलो चट्नान् भएको कारण एक लेन सडक भएकै ठाउँमा माथिबाट ढुङ्गा सहितको पहिरो खस्ने गरेको मुसिकोट नगर प्रहरी प्रमुख प्रहरी उमेर केसीले बताए । ‘पहिरो खसेको पहिलो दिन नगर पालिकाको डोजर लिएर सडक खुलाएका थियौं, बारम्बार पहिरो जादा समस्या भएको छ, अहिले मध्यपहाडी लोकमार्ग आयोजनाले किटेनीमा पहिरो हटाउने गरेको छ’, नगरप्रहरी प्रमुख केसीले भने । साघुरो सडकमा पहिरो खस्दा ठुला गाडी आवतजावतमा निकै समस्या हुने गरेको छ ।
पहिरो हटाइरहेको समयमा पनि पहिरो खस्दा पनि बाटो खुलाउन समस्या हुने गरेको छ । किनेटी र रानीकोटमा खस्ने पहिरोको कारण पनि यो बर्खामा आवत जावतमा निकै समस्या हुने देखिएको स्थानीय रमेश बुढाले बताए । ‘यो बर्ष दुवै ठाउँमा पहिरो खसिरहेको छ, हामि यात्रुहरुलाई आवत जावतमा निकै समस्या हुने देखिन्छ, यो सिजनको बर्खामा निकै समस्या हुने भयो’, उनले भने ।
किनेटीमा मध्यपहाडी लोकमार्ग आयोजनाले डोजरको व्यवस्था गरेर बाटो खुलाउने गरेका छ भने रानिकोटमा काम गरिरहेको निर्माण व्यवसायको डोजरले बाटो खुलाउने काम गरेको छ । तर पानी पर्न थाल्यो भने पहिरो खसिरहने भएकाले सडक पटक–पटक अवरुद्ध हुदा समस्या हुने गरेको हो ।।