जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको साधारणसभा सम्पन्न

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको साधारणसभा सम्पन्न

"0" Comments

रुकुम । जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको दोस्रो साधरणसभा सम्पन्न भएको छ । आज जिल्ला समन्वय समितिको हलमा साधरणसभा सम्पन्न भएको हो । जिल्ला समन्वय समिति प्रमुख लुम्विनी गौतमको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको संघका जिल्ला सचिव मनिष खड्काले जानकारी दिए ।

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिसस प्रमुख गौतमले जिल्लामा क्रिकेट खेलको विकासको लागि जिल्लाका स्थानीय सरकारले पनि विशेष प्राथामिता दिनु पर्ने बताईन । क्रिकेट खेलको क्रेज लोभ लाग्दो रुपमा बढ्दै गएकाले यो खेलको विकास र खेलाडिको क्षमता विकासमा सवैको ध्यान जानु पर्ने उनको भनाई थियो ।

त्यस्तै जिल्ला खेलुकद विकास समितिका अध्यक्ष शैलेस शर्माले क्रिकेट रंगशालाको लागि विभिन्न समयमा वजेट आउने गरेको भए पनि जग्गा प्राप्तिको झमेलाको कारण रंगशाला निर्माणको काम अलपत्र पर्दै गएको बताए । चौरजहारीमा राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनेमा उनले बिस्वास दिलाएका छन् । जिल्लाका अन्य ठाउँमा पनि क्रिकेट रंगशाला निर्माणको काम हुने बताउदै जग्गा प्राप्तिको कामलाई समाधान गर्नु पर्ने उनको भनाई थियो ।

त्यस्तै उद्घाटनसत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्तले खेलकुदले राष्ट्रको पहिचान गर्ने भएकाले खेलकुद क्षेत्रलाई पनि विषेश प्राथामिकता दिनु पर्ने बताएका छन् । जिल्लाबाट प्रदेश र राष्ट्रिय स्तरको खेलमा उत्कृष्ट प्रर्दशन हुने भएकाले खेलकुद क्षेत्रको विकास अपरिहार्य भएको उनको भनाई थियो ।

साधारण सभामा जिसस प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला खेलकुद विकास समिति अध्यक्ष शैलेस शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्त, जिल्ला प्रहरी कार्यालयका प्रमुख, शसस्त्र प्रहरी गल्म नं. ४७ का प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दिपक बाठाको अध्यक्षतामा भएको कार्यक्रमको बन्दसत्रमा बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन सचिव मनिष खड्काले गरेका थिए ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *