एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री

एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री

"0" Comments

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व पाएको किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ ।

काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटकालागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो । एनपिएलको अर्को टोली चितवनको टिको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले पाएको छ । चितवनको स्वामित्व १ करोड ७६ हजार १ हजार रुपैयाँ मा सिएमसीले किनेको हो ।

बिहीवार भएको बिडिङ मा अर्को टोली विराटनगरको स्वामित्व भने एम ए डी ड्रिम स्पोर्टसले पाएको छ । स्पोर्टसले १ करोड ५१ हजार रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको हो ।

फर्चुन हेल्थ कियरले लुम्बिनीको फ्रेन्चाइज पाएको किनेको छ। कियरले १ करोड ७६ लाख ४ रुपैयाँमा लुम्बिनी फ्रेन्चाइजीको स्वामित्व पाएको हो ।

ड्रिम्स स्पोर्टसले जनकपुरको फ्रेन्चाइजीको स्वामितव पाएको छ । उसले २ करोड ५ लाख रुपैयाँ मा जनकपुर फ्रेन्चाइजीको स्वामित्व किनेको हो ।

कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बुल्डर्सले पाएको छ । उसले १ करोड ११ लाख ७० हजार रुपैयाँ मा कर्णालीको स्वामित्व खरिद गरेको हो ।

इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व पाएको छ । उसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा सुदुरपश्चिमको स्वामित्व किनेको हो । एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *