असोज १ गते देखि रुकुम पश्चिममा जनक–सुदन स्मृति कप हुने

असोज १ गते देखि रुकुम पश्चिममा जनक–सुदन स्मृति कप हुने

"0" Comments

रुकुम । असोज १ गते देखि जनक–सुदन स्मृति कप हुने भएको छ । रुकुम पश्चिममा कप हुने भएको हो । गत वर्षबाट सुरु गरेको ’जनक सुदन स्मृति कप भलिबल’को दोस्रो संस्करण यो बर्ष जिल्लाको मुसिकोट नगरपालिका– १ बराहटाकुरामा हुने भएको छ ।

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गत वर्ष देखि ’जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गर्दै आएको छ ।

पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिए ।

तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । पुरुष तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् ।

त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको भनाई छ । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छ । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ ।

महिला तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद ३ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान २ हजार पुरस्कार पाउने छन् । गत वर्ष महिला तर्फ विजेता पुरस्कार ५१ हजार, उपविजेता पुरस्कार ३१ हजार र तेस्रो पुरस्कार २१ हजार रहेको थियो ।

यो प्रतियोगिता वडा स्तरीय हो । यो वर्ष पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय र महिला तर्फ भने खुला रहेको आयोजकले जानकारी गराएको छ । पुरुष तर्फ रुकुम पूर्व र रोल्पाका वडाहरूले पनि भाग लिने पाउने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *