क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा, अर्जुन र रिजनको पुनरागमन
क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा, अर्जुन र रिजनको पुनरागमन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहितको कप्तानीमा टोली घोषणा गरेको हो ।
टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन् ।
त्यस्तै १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन् । टोलीमा अन्य भने खासै परिवर्तन छैन । लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ ।
त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ । अमेरिकालाई फेरि टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।
८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो ।
नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपालको टोली ः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

66b apk cam kết duy trì một môi trường cá cược có trách nhiệm, hỗ trợ khách hàng tận tâm 24/7 qua nhiều kênh liên lạc. Đội ngũ nhân viên được đào tạo bài bản của chúng tôi luôn sẵn sàng giải quyết mọi thắc mắc của quý khách một cách lịch sự và hiệu quả nhất. TONY01-29O