मुसिकोट नगरपालिकामा तेस्रो राष्ट्रपती रनिङ शिल्ड सुरु

मुसिकोट नगरपालिकामा तेस्रो राष्ट्रपती रनिङ शिल्ड सुरु

"5" Comments

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । मुसिकोट १ खंलगामा शिल्डको सोमबार प्रमुख अतिथि नगरप्रमुख महेन्द्र केसीले उद्घाटन गरेका हुन् ।

शिल्डमा नगरपालिका भित्रका १६ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय गरी १९ वटा माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति संयोजक तथा बालकल्याण मावि सोलावाङका प्रधानाध्यापक भक्तबहादुर खड्काले जानकारी दिए ।

उहाँका अनुसार शिल्डको उद्घाटन खलंगामा गरिएको र खेलकुदका कार्यक्रमहरु भने मंगलबारबाट नगरपालिकाको वडा नम्बर ४, ६ र ११ को सिमानामा पर्ने ट्याखोला सञ्चालन हुने छन् । १ गते सुरु हुने भनिएको शिल्ड केही कारणले ढिला गरी आजबाट सुरु भएको हो । शिल्डमा छात्र, छात्रा भलिवल, छात्र, छात्रा, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुनेछन् ।

त्यस्तै दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको छात्र, छात्र दौड प्रतियोगिता हुनेछ । मार्शल आर्टतर्फ कराते, तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको छ । शिल्डमा भलिवल प्रतियोगिता र मार्शल आर्टतर्फ कराते र तेक्वान्दोमा सहभागि जनाएका विद्यार्थीले अन्य कुनै पनि विधामा सहभागि हुन नपाउने उपसमिति संयोजक खड्काले जानकारी दिए । शिल्ड ६ गतेसम्म सञ्चालन हुनेछ ।


5 thoughts on “मुसिकोट नगरपालिकामा तेस्रो राष्ट्रपती रनिङ शिल्ड सुरु

  1. I do accept as true with all of the concepts you’ve introduced on your post. They’re very convincing and can definitely work. Still, the posts are very short for starters. Could you please extend them a little from subsequent time? Thanks for the post.

  2. Its great as your other blog posts : D, regards for putting up. “The present is the necessary product of all the past, the necessary cause of all the future.” by Robert Green Ingersoll.

Leave a Reply

Your email address will not be published. Required fields are marked *