एमाले रुकुम पूर्वले युवा–विद्यार्थी भेला तथा अन्तरक्रिया आयोजना गर्दै

एमाले रुकुम पूर्वले युवा–विद्यार्थी भेला तथा अन्तरक्रिया आयोजना गर्दै

"0" Comments

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वले जिल्लामा युवा र विद्यार्थीहरुको संयुक्त भेला तथा खुला अन्तरक्रिया आयोजना गर्न लागेको छ । जिल्ला सदरमुकाम रुकुमकोटमा यही असोज २५ गते यो कार्यक्रम गर्ने गरी तयारी थालिएको बताईएको छ ।

एमाले जिल्ला अध्यक्ष लिलामणी गौतमका अनुसार पार्टीका भातृ संगठनहरु अनेरास्ववियु र युवा संघ नेपालको संयुक्त व्यवस्थापनमा कार्यक्रमको आयोजना गरिनेछ ।

‘यो कार्यक्रममा खुला छलफल र अन्तरक्रिया गरिनेछ । खासगरी पछिल्लो समय विकसित घटनाक्रम र अबको निकासका बिषयमा सरोकारवालाका बिचमा अर्थपुर्ण छलफल गर्ने लक्ष्य रहेको छ ।’ अध्यक्ष गौतमले भने ‘दल र नेताहरुप्रति वितृष्णा सिर्जना गरेर देशलाई अस्थिरतातर्फ धकेल्न हुदैंन । बरु सुधारका लागी आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । यही कुरा बुझ्न र बुझाउन यही २५ गते सबै युवाहरुलाई यो कार्यक्रममा सहभागिताका लागी बिशेष अनुरोध गर्दछु ।’

युवा तथा विद्यार्थी भेलाको तयारीका लागी आज अनेरास्ववियु र युवा संघका नेताहरुसंग एमाले रुकुम पूर्व जिल्ला कमिटीले पार्टी कार्यालयमा बैठक आयोजना गरी बिभिन्न जिम्मेवारी प्रदान गरेको पनि जनाईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *