दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्डको बाँफिकोट– ३ लाई
दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्डको बाँफिकोट– ३ लाई
रुकुम । दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्ड पुरुष भलिबलको उपाधी बाँफिकोट गाउँपालिका ३ ले हात पारेको छ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट १ बराहाटाकुरामा सोमबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका ४ लाई पराजित गर्दै बाँफिकोट ३ दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्डको उपाधी हात पार्न सफल भएको हो ।
बाँफिकोट गाँउपालिका ३ दहले ३–० को सोझो सेटमा बाँफिकोट गाउँपालिका ४ लाई पराजित गरेको हो । बाँफिकोट ३ ले पहिलो सेट २५–२३ दोस्रो सेट २५– १६ र तेस्रो सेट २५–२१ मा पुरा गरी दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्ड जित्न सफल भएको हो । मुसिकोट नगरपालिका ७ को हाम्रो सरोकारलाई पराजित गर्दै बाँफिकोट ३ फाइनलमा पुगेको थियो भने बाँफिकोट २ लाई पराजित गर्दै बाँफिकोट ४ ले फाइनलको यात्रा तय गरेको थियो ।
विजेता बाँफिकोट ३ बन्दा उपविजेता बाँफिकोट ४ बनेको बनेको छ । त्यस्तै मुसिकोट नगरपालिका ७ को हाम्रो सरोकारलाई पराजित गर्दै बाँफिकोट २ तेस्रो स्थान प्राप्त गरेको आयोजक रुकुम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । महिला भलिबल खेल भने गत शुक्रबार नै सकिएको थियो । जसमा सानीभेरी ४ प्रथम, बाँफिकोट ४ दोस्रो र सल्यानको समुह तेस्रो स्थान प्राप्त गरेको थियो ।
महिला भलिबलमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । शिल्डमा पुरुष तर्फ रुकुम पश्चिम, रोल्पा र रुकुम पूर्वका २४ टिमको सहभागिता रहेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिएमले जानकारी दिए । पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बुढाले जानकारी दिनुभयो । पुरुष तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको जानकारी दिए । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छ ।।