गाउँमै बिजुली मिल बनेपछी स्थानियलाई सहज

गाउँमै बिजुली मिल बनेपछी स्थानियलाई सहज

"5" Comments

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा विजुलीबाट चल्ने मिल बनेपछी स्थानियलाई सजिलो भएको छ । काठको कोल र पानीबाट चल्ने मिलको सट्टा विद्युतबाट चल्ने मिल संचालनमा आएपछी तेलजन्य पदार्थलाई पेलेर तेल निकाल्न सहज भएको स्थानियको भनाई छ ।

स्थानिय स्वबलम्बी कृषी सहकारी संस्थाद्धारा संञ्चालित यो मिलमा तोरी, चिउरीका साथै बिभिन्न तेलहन बालीलाई पेलेर तेल निकाल्ने गरेको सहकारीका सदस्य तथा मिल संचालक दिपा खड्काले बताईन् । ‘चार बर्षअघि हुरेड–कार्स नामको एक गैरसरकारी संस्थाको सहयोगमा मिल स्थापना गरिएको हो ।’ उनले भनिन् ‘यसबाट आएको आम्दनीमध्ये आधा सहकारीमा र आधा मैले मिल चलाए वापत लिने गरेको छु ।’

तोरी, चिउरी अथवा अरु तेलहन बाली पेलेको एक पाथीको ३५ रुपैयाँ शुल्क लिने गरेको र तेल निकालेर निस्किएको पिनालाई मलका रुपमा एक प्रतिपाथी १५ रुपैयाका दरले बेच्ने गरेको पनि खड्काको भनाई छ । सिजनका बेला दिन संगै रातमा पनि मिल चल्ने र यसरी गर्दा दैनिक १५ सय देखी २ हजारसम्म आम्दनी हुने गरेको समेत खड्काले जानकारी गराईन् ।

तोरी पेल्ने बिजुली मिलहरु अरु ठाउँमा भएपनि चिउरीको मिजुला (चिउरीको बिया) पेल्न सक्ने मेसिन जिल्लामा यहाँमात्रै भएकाले बिभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् । भुमे गाउँपालिका–५ बाट चिउरी पेल्न आएका दलबहादुर विकले कोलमा भन्दा यहाँ सहज, छिटो र छरितो तरिकाले काम भएको बताए ।

तोरी र अन्य तेलहन बालीका साथै चिउरीका लागी पनि पोखरा र खासपासको क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ । चिउरीको बियाबाट तेल निकालेर दैनिक प्रयोगमा यसको प्रयोग गर्ने गरिएको छ । यसरी गाउँमा विजुली मिल बनेपछी कोल र पानीबाट चल्ने मिलहरु विस्थापित भएका छन् ।


5 thoughts on “गाउँमै बिजुली मिल बनेपछी स्थानियलाई सहज

  1. With every little thing which seems to be building within this particular subject matter, all your points of view tend to be fairly stimulating. Nevertheless, I beg your pardon, because I do not give credence to your entire suggestion, all be it radical none the less. It appears to us that your opinions are generally not entirely rationalized and in fact you are generally yourself not really entirely convinced of your point. In any event I did take pleasure in examining it.

  2. The next time I read a blog, I hope that it doesnt disappoint me as much as this one. I mean, I know it was my choice to read, but I actually thought youd have something interesting to say. All I hear is a bunch of whining about something that you could fix if you werent too busy looking for attention.

  3. I really appreciate this post. I have been looking all over for this! Thank goodness I found it on Bing. You have made my day! Thank you again

Leave a Reply

Your email address will not be published. Required fields are marked *